रविको हिरासतभित्रको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सामाजिक सञ्जालमा एउटा सिरक ओढेर सुतिरहेको तस्बीर सार्वजनिक भएपछि सत्य हो वा फेक फोटो भाइरल बनाइएको हो भन्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षकसँग चासो राखेका छन् ।

Dec 19, 2024 - 08:44
 0
रविको हिरासतभित्रको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘रवि लामिछानेको हिरासतभित्रको फोटो’ भन्दै बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल भइरहँदा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा एउटा सिरक ओढेर सुतिरहेको तस्बीर सार्वजनिक भएपछि सत्य हो वा फेक फोटो भाइरल बनाइएको हो भन्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग चासो राखेका थिए ।

आवश्यक अनुसन्धान गर्ने र सत्य फोटो भएमा कारबाही गर्ने प्रहरी महानिरीक्षक कुँवरले बताएका छन् । रवि लामिछाने हाल कास्की प्रहरी हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register