उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न 

काठमाडौँ।  आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्ची उप–आयोजना २ अन्तर्गत विच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौँ उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका जम्मा नौँ सय ८० […]

Jan 13, 2025 - 11:52
 0
उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न 

काठमाडौँ। 

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौँ उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्ची उप–आयोजना २ अन्तर्गत विच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौँ उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका जम्मा नौँ सय ८० किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रमुख टिकाबहादुर चौधरीले  जानकारी दिए।

उनले भने, “हामीले निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत विच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौँ उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका जम्मा नौँ सय ८० किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको हो ।” 

खानेपानी मन्त्री प्रदीप यादवले केही दिन पहिले उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका पाइपलाईनहरुको निरीक्षण एवं अनुगमन गर्नु भई खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रुपमा खानेपानी वितरण गर्न तथा चुहावटको समस्या रोक्न निर्देशन दिनु भएको थियो ।

मन्त्री यादवको सक्रियतापछि अहिले उक्त नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ।

अहिले अन्तिम परीक्षण सम्पन्न भएका थप १९ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्नका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का उप–निर्देशक ई चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।

उनले भने, “उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दश गरी १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा तीनसय ५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ । बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ ।”

अहिले काठमाडौँका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका तीन वटा डीएमए हरुका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण समेत सम्पन्न भएको छ । निर्देशनालयबाट विच्छ्याइएका खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन समेत गरी कूल एक हजार दश किलोमिटर नयाँ पाइपलाइन रहेको जनाइएको छ । यसैगरी, खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार आठसय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको बताइएको छ । यसअघि, निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरीहरु र थोक वितरण प्रणालीहरु हाल सञ्चालनमा रहेका छन् ।

खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रुपमा खानेपानी वितरण हुँदै आएको र चुहावटको समस्या खासै नदेखिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले दाबी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register