रुसी भूमिमा युक्रेनको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, छिट्टै जवाफ दिने रुसको चेतावनी

काठमाडौं । युक्रेनले रुसमाथि ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । युक्रेनले रुसका गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाएको बीबीसीको समाचारमा उल्लेख छ । रुस–युक्रेन युद्ध सुरु भएपछिको यो सबैभन्दा ठूलोआक्रमण भएको बताइएको छ । निशाना बनाइएका केही ठाउँ सीमाबाट सयौं किलोमिटर टाढा रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी […]

Jan 15, 2025 - 04:11
 0
रुसी भूमिमा युक्रेनको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, छिट्टै जवाफ दिने रुसको चेतावनी

काठमाडौं । युक्रेनले रुसमाथि ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । युक्रेनले रुसका गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाएको बीबीसीको समाचारमा उल्लेख छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछिको यो सबैभन्दा ठूलोआक्रमण भएको बताइएको छ ।

निशाना बनाइएका केही ठाउँ सीमाबाट सयौं किलोमिटर टाढा रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी क्षमताका लागि ‘पीडादायी’ भएको बताएको छ ।

यता रुसले भने युक्रेनले प्रहार गरेको एटमस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइललाई खसालेको दाबी गरेको छ ।

रुसले पनि यो आक्रमणको जवाफ दिने बताएको छ ।

युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर साराटोभका विद्यालयहरू बन्द गरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register