वनमन्त्री शाही र ब्राजिलकी वातावरणमन्त्रीबीच दिल्लीमा भेटवार्ता, सगरमाथा संवादको निम्तो

काठमाडौं । भारत भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र ब्राजिलकी वातावरण तथा जलवायु परिवर्तनमन्त्री मारिना सिल्भाबीच भेटावार्ता भएको छ । नयाँदिल्लीमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले आगामी वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३०)को सफलताका लागि […]

Mar 7, 2025 - 00:09
 0
वनमन्त्री शाही र ब्राजिलकी वातावरणमन्त्रीबीच दिल्लीमा भेटवार्ता, सगरमाथा संवादको निम्तो

काठमाडौं । भारत भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र ब्राजिलकी वातावरण तथा जलवायु परिवर्तनमन्त्री मारिना सिल्भाबीच भेटावार्ता भएको छ ।

नयाँदिल्लीमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले आगामी वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३०)को सफलताका लागि सहकार्य गर्न सकिने विषयमा छलफल गरेका थिए ।

त्यस्तै उनले आगामी २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रममा मन्त्री सिल्भालाई निमन्त्रणा गर्नुका साथै सहकार्य गर्न सकिने जलवायुका मुद्दाका बारेमा छलफल गरेका थिए ।

मन्त्री शाही ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी फागुन २४ गते स्वदेश फर्कने तालिका छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register