नैतिकताको पाठ पढाउँदै यौन दुर्व्यवहारबारे संग्रौलाको प्रष्टिकरण

काठमाडौं । विद्यार्थीले लगाएको यौन दुर्व्यवहारको आरोपबारे डा. युवराज संग्रौलाले प्रष्टिकरण दिएका छन्। काठमाडौं स्कुल अफ ल (केएसएल) मा अध्ययनरत एक छात्राले संग्रौलामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। उक्त आरोपको खण्डन गर्दै संग्रौलाले आफूमाथि छानबिन गर्न चुनौती दिएका छन्। पत्रकार सम्मेलनमार्फत उनले सामाजिक सञ्जाल नै अनुसन्धानकर्ता र न्यायालय बनेको अवस्थामा आफू र केएसएलको अपमान भएको […]

Mar 16, 2025 - 09:47
 0
नैतिकताको पाठ पढाउँदै यौन दुर्व्यवहारबारे संग्रौलाको प्रष्टिकरण

काठमाडौं । विद्यार्थीले लगाएको यौन दुर्व्यवहारको आरोपबारे डा. युवराज संग्रौलाले प्रष्टिकरण दिएका छन्। काठमाडौं स्कुल अफ ल (केएसएल) मा अध्ययनरत एक छात्राले संग्रौलामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।

उक्त आरोपको खण्डन गर्दै संग्रौलाले आफूमाथि छानबिन गर्न चुनौती दिएका छन्। पत्रकार सम्मेलनमार्फत उनले सामाजिक सञ्जाल नै अनुसन्धानकर्ता र न्यायालय बनेको अवस्थामा आफू र केएसएलको अपमान भएको बताए।

आफूमाथि लागेका आरोपबारे प्रहरी र अदालतमा छानबिन गर्न चुनौति दिँदै उनले भने, ‘छानबिन गर्न चुनौती दिएको छु, तर मेरो परिवार पनि पीडित भएको छ।’ सामाजिक सञ्जालमा आफू र आफ्नी छोरीमाथि पनि प्रहार भएको उल्लेख गर्दै उनले आपत्ति जनाए। उनले भने, ‘जुन दिन मेरी छोरीमाथि सामाजिक सञ्जालबाट आक्रमण भयो, उनलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था आयो। पीडित त आज मेरो परिवार हो, रगतका आँसु झारेर घरभित्र बसेको छ।’

आफू कलेजका विद्यार्थीको मात्र नभई देशभरका कानूनी व्यवसायीको गुरु भएको दाबी गर्दै संग्रौलाले आफ्नो ३७ वर्षे कानूनी करियरमाथि आक्रमण गरिएको आरोप लगाए। छात्राले लगाएका आरोपबारे कलेजले छानबिन समिति गठन गरिसकेको बताउँदै उनले भने, ‘समितिले काम गरुञ्जेल म न्यूट्रल बस्छु। कलेजमा मेरो हस्तक्षेप हुने छैन।’

पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

सामाजिक सञ्जालमार्फत आफू र केएसएलको प्रतिष्ठामाथि प्रहार गरिएको आरोप लगाउँदै उनले केएसएललाई ध्वस्त पार्न खोजिएको दाबी गरे।

संग्रौलाले केएसएल ‘राम्रा मूल्य र मान्यता’ भित्र रहेर सञ्चालन हुने बताउँदै अन्य समाजका मूल्य र मान्यता जबर्जस्ती भित्र्याएर द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाए।

छात्राका अनुसार संग्रौलाले उनलाई प्रेमी नबनाउन सुझाव दिएका थिए। उनले संग्रौलाले भनेको कुरा उल्लेख गर्दै लेखेकी छिन्, ‘पुरुषसँग नसुत्नु, विवाह गर्नु, र सम्बन्धबाट टाढा रहनु किनभने सबै प्रेमी यौन चाहन्छन्।’

यस विषयमा प्रष्टिकरण दिँदै संग्रौलाले भने, ‘तिमीहरू विवाह गर, अनि व्यवसाय गर। मैले तिम्री छोरीलाई पनि पढाउनु छ भनेको हुँ। त्यसैले राम्रा मूल्य र मान्यताभित्र सञ्चालन हुने कलेजमा अन्य समाजका मूल्य र मान्यता जबर्जस्ती घुसाएर द्वन्द्व सिर्जना गर्नु गलत हो।’

पुराना मूल्य र मान्यताहरूलाई सम्पूर्ण रूपमा अस्वीकार गर्नु सही नहुने उनको धारणा छ। उनले भने, ‘समाज सापेक्षिक हुन्छ, परिवर्तनशील हुन्छ। समाजले नयाँ कुराहरू लिनुपर्छ, तर परिवर्तनको अर्थ हाम्रा सम्पूर्ण मान्यताहरू समाप्त पार्नु होइन।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register