साझा यातायातले माग्यो सिइओ, कति चाहिन्छ योग्यता ? 

काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि दरखास्त आह्वान गरेको छ ।  यातायातले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको हो । साझा यातायातको सिइओ पदमा आवेदन दिन चाहनेले २१ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ । सिइओका लागि आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा […]

Jan 16, 2025 - 02:29
 0
साझा यातायातले माग्यो सिइओ, कति चाहिन्छ योग्यता ? 

काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि दरखास्त आह्वान गरेको छ । 

यातायातले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको हो । साझा यातायातको सिइओ पदमा आवेदन दिन चाहनेले २१ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ ।

सिइओका लागि आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरह शैक्षिक उपाधि हासिल गरेर हुनुपर्नेछ । 

साथै कुनै सरकारी सेवा वा प्रचलित कानून मबोजिम दर्ता भएको संगठित संस्था वा अन्तराष्ट्रिय संघसंस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौँ तह वा सो सरह पदमा सात वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । दरखास्त दिनेको उमेर ३५ वर्ष पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म ६३ वर्ष ननाघेको हुनुपर्ने यातायातले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register