अब व्यवसायिक भुक्तानी व्यक्तिगत खाताबाट लिए/दिए दुवै कारोबार शंकास्पद हुने !  

काठमाडौँ । अबदेखि व्यवसायिक भुक्तानी व्यक्तिगत खाताबाट लिए/दिए दुवै कारोबार शंकास्पद हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको संशोधन मार्फत उक्त व्यवस्था गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण नियमावलीले गरेको व्यवस्था अनुसार उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।  अब बैंक तथा वित्तीय संस्थामा […]

Jan 10, 2025 - 06:00
 0
अब व्यवसायिक भुक्तानी व्यक्तिगत खाताबाट लिए/दिए दुवै कारोबार शंकास्पद हुने !  

काठमाडौँ । अबदेखि व्यवसायिक भुक्तानी व्यक्तिगत खाताबाट लिए/दिए दुवै कारोबार शंकास्पद हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको संशोधन मार्फत उक्त व्यवस्था गरिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण नियमावलीले गरेको व्यवस्था अनुसार उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । 

अब बैंक तथा वित्तीय संस्थामा भएका व्यक्तिगत बचत खातामा व्यवसायिक कारोबार गरे उक्त कारोबार शंकास्पद वित्तीय कारोबार हुनेछ । यसरी व्यक्तिगत खातामा व्यवसायिक भुक्तानी भएको पाइए बैंकहरुले त्यस्तो कारोबारलाई शंकास्पद कारोबारका रुपमा वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्नेछ । 

योसँगै कानून बमोजिम स्थापना भएका कम्पनीले व्यक्तिगत खातामा व्यवसायिक कारोबार गर्न नपाउने भएका छन् । यदि कम्पनीहरुले व्यक्तिगत खातामा व्यवसायिक भुक्तानी गरे त्यस्तो कारोबार शंकास्पद कारोबार हुने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register