पाकिस्तानमा डिसेम्बर १४ यताको सैन्य कारबाहीबाट २२ विद्रोही मारिए
इस्लामावाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा गरेको एक महिनाभन्दा बढी लामो कारबाहीमा २२ विद्रोही लडाकूको ज्यान गएको छ । गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह क्षेत्रमा अपरेशन सुरु गरिएको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)ले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मारिएका व्यक्तिहरू निर्दोष नागरिकहरूको हत्यालगायत धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय […]

इस्लामावाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा गरेको एक महिनाभन्दा बढी लामो कारबाहीमा २२ विद्रोही लडाकूको ज्यान गएको छ ।
गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह क्षेत्रमा अपरेशन सुरु गरिएको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मारिएका व्यक्तिहरू निर्दोष नागरिकहरूको हत्यालगायत धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए । सेनाले उक्त क्षेत्रमा बाँकी खतरा हटाउन अपरेशन पनि सुरु गरेको थियो ।
उक्त क्षेत्रमा दिगो शान्ति नआएसम्म सुरक्षाकर्मीले कारबाही जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
What's Your Reaction?






