नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !

झापा, ४ माघ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ रु वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? आइरहेको छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईँलाई घरबारविहीनसमेत बनाउन सक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक [...] The post नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान ! appeared first on Jhapa Online.

Jan 17, 2025 - 10:54
 0
नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !

झापा, ४ माघ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ रु वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? आइरहेको छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईँलाई घरबारविहीनसमेत बनाउन सक्छ ।

नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्नुहुन्छ । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो ।

प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्युरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा प्राप्त भएकाले यसतर्फ ब्युरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरी साइबर ब्युरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न साथै कुनै प्रतिक्रिया नदिन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।”

त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा कुनै शङ्का लागेमा ब्युरोको आधिकारिक वेबसाइट https://cyberbureau.nepalpolice.gov.np/ मा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गरिएको छ ।

ब्युरोले एक सार्वजनिक सूचना जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शङ्का लागेमा नजिकका प्रहरीमा जानकारी गराउन अनुरोध पनि गरेको छ ।

The post नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register