दुर्घटनामा दुई जनाको मृत्यु
धनुषा, ४ माघ । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान जनकपुरधामको परिक्रमा तथा जनकपुर–ढल्केवर सडकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरधामको परिक्रमा सडकमा बालुवा लोड गरेको ना ६ ख ४५३७ नम्बरको टिपरले ठक्कर दिँदा पैदल यात्री महोत्तरी गाउँपालिका–५ का ६० वर्षीय सत्यनारायण साहको घटनास्थलमै [...] The post दुर्घटनामा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

धनुषा, ४ माघ । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान जनकपुरधामको परिक्रमा तथा जनकपुर–ढल्केवर सडकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरधामको परिक्रमा सडकमा बालुवा लोड गरेको ना ६ ख ४५३७ नम्बरको टिपरले ठक्कर दिँदा पैदल यात्री महोत्तरी गाउँपालिका–५ का ६० वर्षीय सत्यनारायण साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
टिपर तथा टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयबासीले ट्रकका चालकले जानी–जानी ठक्कर दिएको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको नम्बर नखुलेको कारले ठक्कर दिँदा धनुषाको मिथिला विहारी नगरपालिका–२ राघोपुर निवासी वर्ष २५ को नागेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको अनुसन्धानका लागि बा १३ च ९२९२ नम्बरको कार तथा त्यसका चालकलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरीले जनाएको छ ।
The post दुर्घटनामा दुई जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






