भारतकै महँगो सेयरको ओरालो गति कायम, लगानीकर्ताले २ महिनामा प्रतिकित्ता १ लाख ८० हजार गुमाए 

काठमाडौँ । भारतीय सेयर बजारमा सबैभन्दा महँगो एलसीड इन्भेष्टमेन्टको सेयर भाउमा भारी गिरावट आएको छ । पछिल्लो ७० दिनको अवधिमा कम्पनीको सेयर मूल्य एक लाख ८० हजार भारतीय रुपैयाँले घटेको हो ।  गत नोभेम्बर ८ मा उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ लाख ३० हजार ४ सय ७३ रुपैयाँ थियो । तर, जनवरी १७ सम्ममा […]

Jan 17, 2025 - 10:56
 0
भारतकै महँगो सेयरको ओरालो गति कायम, लगानीकर्ताले २ महिनामा प्रतिकित्ता १ लाख ८० हजार गुमाए 

काठमाडौँ । भारतीय सेयर बजारमा सबैभन्दा महँगो एलसीड इन्भेष्टमेन्टको सेयर भाउमा भारी गिरावट आएको छ । पछिल्लो ७० दिनको अवधिमा कम्पनीको सेयर मूल्य एक लाख ८० हजार भारतीय रुपैयाँले घटेको हो । 

गत नोभेम्बर ८ मा उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ लाख ३० हजार ४ सय ७३ रुपैयाँ थियो । तर, जनवरी १७ सम्ममा कम्पनीको सेयर मूल्य ५५ प्रतिशतले घटेको छ । 

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ लाख ४९ हजार ६ सय ४९ रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय सेयर बजारमै सबैभन्दा महँगो भनिएको कम्पनीको सेयर मूल्य ह्वात्तै घटेपछि लगानीकर्ताले ठूलो आर्थिक क्षति व्यहोरेका छन् । 

यसो त पछिल्लो केही समययता भारतीय सेयर बजार ओरालो गतिमा देखिएको छ । भारतीय सेयर बजार घट्नुको पछाडि एलसीडको सेयर मूल्य घट्नु भएको जानकारहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register