डेब्यू खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालको ब्याटिङ नचले पनि बलिङमार्फत भने बङ्गलादेशलाई दबाबमा पार्न सफल भयो । नेपालले दिएको ५२ रनको झिनो लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो […]

Jan 18, 2025 - 09:11
 0
डेब्यू खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालको ब्याटिङ नचले पनि बलिङमार्फत भने बङ्गलादेशलाई दबाबमा पार्न सफल भयो ।

नेपालले दिएको ५२ रनको झिनो लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

बङ्गलादेशका लागि सादिया इस्लामले १६ र सुमैया अक्तेरले १२ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतो, रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा ५२ रन बनाएर अलआउट भएको थियो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । समिाना केसीले १० रनको योगदान गरिन् ।

बङ्गलादेशका लागि भने जन्नतुल माउआले २ तथा सुमैया अख्तर सुवर्णाले र निशिता अख्तर निशीले १/१ विकेट लिइन् ।

अब अर्को खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register