काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । उपकुलपति प्रा.डा.भोला थापाको पदावधि सकिएपछि केयूका रजिष्ट्रार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् […]

Jan 21, 2025 - 13:02
 0
काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौं ।

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । उपकुलपति प्रा.डा.भोला थापाको पदावधि सकिएपछि केयूका रजिष्ट्रार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई नै जिम्मेवारी दिइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register