पुटिनलाई ट्रम्पको चेतावनी – वार्ता गर्न तयार नभए रुसमाथिको प्रतिबन्ध बढ्न सक्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति पुटिनलाई प्रतिबन्ध बढाउने चेतावनी दिएका छन् । युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभएमा रुसमाथिको अमेरिकी प्रतिबन्ध बढाउन सक्ने उनले चेतावनी दिएका हुन् । राष्ट्रपति पद सम्हालेपछि पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् । ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर […]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति पुटिनलाई प्रतिबन्ध बढाउने चेतावनी दिएका छन् । युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभएमा रुसमाथिको अमेरिकी प्रतिबन्ध बढाउन सक्ने उनले चेतावनी दिएका हुन् ।
राष्ट्रपति पद सम्हालेपछि पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।
ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।
सो अवसरमा ट्रम्पले अघिल्लो पटक पनि आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध नै नहुने दाबी गरे ।
पत्रकार सम्मेलनमा ट्रम्पले नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।
What's Your Reaction?






