बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा हरेक दिन साङ्गीतिक प्रस्तुति

झापा, १० माघ । युवा पुस्ताका चर्चित ¥यापर लाहुरे र गायिका साहिमा श्रेष्ठले जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’लाई थप रौनक प्रदान गर्ने भएका छन् । जसका लागि माघ ११ गते उनीहरु बिर्तामोडमा प्रस्तुतिका लागि आउने भएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने र [...] The post बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा हरेक दिन साङ्गीतिक प्रस्तुति appeared first on Jhapa Online.

Jan 23, 2025 - 16:20
 0
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा हरेक दिन साङ्गीतिक प्रस्तुति

झापा, १० माघ । युवा पुस्ताका चर्चित ¥यापर लाहुरे र गायिका साहिमा श्रेष्ठले जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’लाई थप रौनक प्रदान गर्ने भएका छन् । जसका लागि माघ ११ गते उनीहरु बिर्तामोडमा प्रस्तुतिका लागि आउने भएका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने र ११ गतेका लागि लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए । युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो ।

विगतका वर्षमा पनि संघले आयोजना गरेको महोत्सवमा कलाकारको प्रस्तुति रहने गरेको थियो । तर, यस पटक युवालाई लक्षित गर्दै कलाकार तय गरिएको छ । महोत्सव उद्घाटन सत्रका दिन महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिएका छन् ।

माघ ९ गते मिस्टर डि उर्गेन दोङको प्रस्तुति रहेको थियो । गायक तथा संगीतकार दोङको ‘लजालु मायालु’ गीत अहिले युट्युबमा निकै चर्चित भइरहेको छ भने टिकटकमा भाइरल भइरहेको छ । फरक पहिचान, फरक संस्कृति, फरक परम्परा र फरक पहिरन रहेको तामाङ र थारु भाषाको यो गीत युटुवमा ट्रेण्डिङमा नै रह्यो ।

बिर्तामोड महोत्सवमा सहभागी कलाकार मध्ये माघ १० गते (आज विहीवार) पूर्ण राई र दाजु भाईको प्रस्तुति रहने सिम्खडाको भनाई छ । उनी पनि युवा माझ लोकप्रिय कलाकार हुन् । बिर्तामोड महोत्सवमा सहभागी हुने कलाकारको नामावली सार्वजनिक गर्दै सिम्खडाले भने – कलाकारका आफ्ना फ्यानले सुलभ मूल्य तिरेर उनीहरुको प्रस्तुति सहजै हेर्न पाउने भएका छन् ।

महोत्सवमा माघ १२ गते समिर श्रेष्ठ, १३ गते श्रीगो र दगेन भीम विष्ट, १४ गते भाइवर साइमन र अनु चौधरीको प्रस्तुति रहने छ । माघ १५ गते वेनिषा पौडेल, १६ गते सुसान्त घिमिरे र आशिष अविरल , १७ गते रकेटको प्रस्तुति रहने छ भने १८ गते छेवाङ लामा र द क्रिएटर्स व्याण्ड तथा १९ गते स्वप्न सुमनको प्रस्तुति रहने छ ।

माघ ११ गते प्रस्तुति दिने लाहुरे ¥यापर हुन् । उनका लाखौं फ्यान छन् । उनी युवा पुस्तामा अति लोकप्रिय छन् ।जसका कराण बिर्तामोड महोत्सवमा उनको प्रस्तुति राखिएको बताइएको छ ।

सन् १९९० को दशकमा अमेरिकाबाट सुरूवात भएको मानिने हिप–अप संगीत अन्तर्गतको रचनात्मक र रोमाञ्चक विधा ‘¥याप ब्याटल’ अहिले नेपाली युवामाझ पनि लोकप्रिय हुँदैछ । हिपअप म्युजिकको लोकप्रियताले नेपाललाई पनि छोयो ।

केहीपछि हिप–अप म्युजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरूले हिप–अप शैली अर्थात ¥याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो । झापावासीले समेत चाहानालाई मध्यनजर गर्दै महोत्सवमा हालुरेको उपस्थिति गराइएको बताइन्छ । त्यस्तै साहिमाको पनि माग उत्तिकै छ । उनी व्यस्त कलाकारको सूचिमा छिन् । मेला महोत्सवमा उनको प्रस्तुति हजारौं दर्शकले हेर्ने गरेका छन् ।

The post बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा हरेक दिन साङ्गीतिक प्रस्तुति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register