रहेनन् शिक्षासेवी प्रकाशचन्द्र शर्मा
चन्द्रगढी, २९ माघ । झापाको भद्रपुरका शिक्षासेवी प्रकाशचन्द्र शर्माको निधन भएको छ । उनको गत २०८१ माघ २२ गते काठमाडौंमा निधन भएको हो ।२००८ साल फागुन १० गते जन्मिएका उनी झापाको भद्रपुर नगरपालिका मेची प्रादेशिक अस्पताल दक्षिणमा स्थायी बसोबास गर्दथे । शिक्षासेवी शर्माले झापाका भद्रपुर मावि, एसएस निकेतन मावि, प्रज्ञा एकाडेमीमा विज्ञान शिक्षकका रुपमा कार्य [...] The post रहेनन् शिक्षासेवी प्रकाशचन्द्र शर्मा appeared first on Jhapa Online.

चन्द्रगढी, २९ माघ । झापाको भद्रपुरका शिक्षासेवी प्रकाशचन्द्र शर्माको निधन भएको छ । उनको गत २०८१ माघ २२ गते काठमाडौंमा निधन भएको हो ।२००८ साल फागुन १० गते जन्मिएका उनी झापाको भद्रपुर नगरपालिका मेची प्रादेशिक अस्पताल दक्षिणमा स्थायी बसोबास गर्दथे । शिक्षासेवी शर्माले झापाका भद्रपुर मावि, एसएस निकेतन मावि, प्रज्ञा एकाडेमीमा विज्ञान शिक्षकका रुपमा कार्य गरेका थिए ।
भानु स्मृति माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका उनले शिक्षणका साथै केही समय माध्यमिक शिक्षक तालिम केन्द्रको बिज्ञान प्रशिक्षक भएर कार्य गरेका थिए । त्यसका साथै शैक्षिक पत्रिका गन्तव्यमा सम्पादक मन्डलमा रही पत्रिकाको सम्पादन गरेका थिए । उनका शैक्षिक पत्रिका गन्तव्य र ज्ञानमालामा बिज्ञानसंघ सम्बन्धित लेख, रचनाहरु प्रकाशित छन् ।
बिस २०६६ सम्म शिक्षण पेसामा रहेका शर्मामा प्रेसर र मधुमेहको समस्या रहेको थियो ।उनकी धर्म पत्नीको पनि निधन भइसकेको छ भने उनका तीन छोरी रहेका छन् ।शिक्षासेवी शर्माको काज किरिया काठमाडौंस्थित पशुपति क्षेत्रमा गर्दै गरेको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।
The post रहेनन् शिक्षासेवी प्रकाशचन्द्र शर्मा appeared first on Jhapa Online.
What's Your Reaction?






