प्रदेश प्रहरी प्रमुखसँग प्रहरीले राखे व्यक्तिगत पिरमार्का, समस्या र गुनासो

विराटनगर, २७ चैत । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरुबीच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ । चैत्र २६ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा बिभिन्न प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले शिलशिलेवार रुपमा प्रत्यक्ष टेलिफोन संवादको माध्यमबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी [...] The post प्रदेश प्रहरी प्रमुखसँग प्रहरीले राखे व्यक्तिगत पिरमार्का, समस्या र गुनासो appeared first on Jhapa Online.

Apr 9, 2025 - 03:22
 0
प्रदेश प्रहरी प्रमुखसँग प्रहरीले राखे व्यक्तिगत पिरमार्का, समस्या र गुनासो

विराटनगर, २७ चैत । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरुबीच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ ।

चैत्र २६ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा बिभिन्न प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले शिलशिलेवार रुपमा प्रत्यक्ष टेलिफोन संवादको माध्यमबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी समक्ष आ–आफ्नो व्यक्तिगत पिरमार्का, समस्या तथा गुनासो राखेका थिए ।

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयले यो कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

The post प्रदेश प्रहरी प्रमुखसँग प्रहरीले राखे व्यक्तिगत पिरमार्का, समस्या र गुनासो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register