टेकपाना फ्याक्टचेकः नझुक्किनुहोस्, बालेनले सुनिता डङ्गोल लक्षित फेसबुक पोस्ट राखेका छैनन्
काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपमेयर सुनिता डङ्गोल लक्षित पोस्ट राखेको भन्दै एउटा पोस्ट भाइरल भइरहेको छ । बालेनको आधिकारिक फेसबुक पेजबाटै शेयर भएको जस्तो देखिने पोस्टमा ‘उखान टुक्काले पनि तिम्रो क*डो मात्र बन्छ, देश बन्दैन’ लेखिएको छ । तर, टेकपाना फ्याक्टचेकका क्रममा यो पोस्ट भ्रामक रहेको देखिएको छ । बिहीबार नेकपा (एमाले)ले आयोजना गरेको युथ सेलिब्रेसनमा उपप्रमुख डङ्गोलले ‘स्टन्टले देश बन्दैन, देश बनाउन यो...

What's Your Reaction?






