चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ती पक्राउ

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उ.म.न.पा. वडा नं.०६ घर भई हाल काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ बस्ने ३१ वर्षीय नारायण बस्नेत छन्। उनले चेक रिपब्लिक पठाइदिने भन्दै एक जना पिडितबाट तीन लाख चालिस हजार रूपैयाँ लिई […]

Apr 25, 2025 - 13:12
 0
चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ती पक्राउ
 काठमाडौँ। 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उ.म.न.पा. वडा नं.०६ घर भई हाल काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ बस्ने ३१ वर्षीय नारायण बस्नेत छन्।

उनले चेक रिपब्लिक पठाइदिने भन्दै एक जना पिडितबाट तीन लाख चालिस हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई शुक्रबार काठमाडौँको सिनामंगलबाटबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register