लन्डन उत्रिए गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ सदस्यहरु

लन्डन । लाखौं युवामनका ढुकढुकी गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ का ६ सदस्यहरु लन्डन उत्रिएका छन् । लन्डनमा आइतबार हुन लागेको कमेडी र संगीत मिश्रित कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि गायक भट्टराई र व्याण्ड सदस्यहरु शुक्रबार लन्डन हिथ्रो उत्रिएका हुन् । कलाकारहरुलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डेसहित अन्य सदस्यहरुले स्वागत […]

Apr 25, 2025 - 14:36
 0
लन्डन उत्रिए गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ सदस्यहरु

लन्डन । लाखौं युवामनका ढुकढुकी गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ का ६ सदस्यहरु लन्डन उत्रिएका छन् ।

लन्डनमा आइतबार हुन लागेको कमेडी र संगीत मिश्रित कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि गायक भट्टराई र व्याण्ड सदस्यहरु शुक्रबार लन्डन हिथ्रो उत्रिएका हुन् ।

कलाकारहरुलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डेसहित अन्य सदस्यहरुले स्वागत गरेका थिए।

गायक भट्टराईले २७ अप्रिल सांझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर ‘इन्जोय’ गर्न अपिल गरे । ‘यस्तो मौका सधैं जुर्दैन । हामीहरु लाइभ गीत संगीत प्रस्तुत धेरै टाढाबाट आएका छौं । तपाईंहरु आएर साथ दिनु पर्छ है ।’ 

महानायक राजेश हमाल र हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) यस अघि नै लन्डन आइसकेका छन् । 

महानलायक हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका रुपमा स्टेजमा उत्रनेछन् ।

माया इभेन्ट्सका निर्देशक राज पाण्डेले आफूहरु इभेन्ट ऐतिहासिक बनाउन जुटिरहेको जनाउंदै समस्त दर्शकहरुलाई पनि कार्यक्रममा आएर साथ दिन अनुरोध गरे । ‘यस्तो कार्यक्रम एक ठाउँ ह्यारोमा मात्र हुने भएकोले मिस नगर्नु होला’- उनले भने ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register