पशु परिषद्को उपाध्यक्षमा भुसालले उम्मेदवारी दिने

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को यही माघ १८ गते हुने निर्वाचनमा नेतृत्वका लागि आकाङ्क्षीको दौडधुप बढेको छ ।  यस्तैमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) का संस्थापक एवं पूर्वअध्यक्ष समेत रहेका लोकराज भुसालले परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि भेटेरिनरी क्षेत्रमा सक्रिय रहेका भुसालले परिषद्मा आवद्ध सबै […]

Jan 26, 2025 - 09:17
 0
पशु परिषद्को उपाध्यक्षमा भुसालले उम्मेदवारी दिने

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को यही माघ १८ गते हुने निर्वाचनमा नेतृत्वका लागि आकाङ्क्षीको दौडधुप बढेको छ । 

यस्तैमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) का संस्थापक एवं पूर्वअध्यक्ष समेत रहेका लोकराज भुसालले परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि भेटेरिनरी क्षेत्रमा सक्रिय रहेका भुसालले परिषद्मा आवद्ध सबै प्राविधिक पेशाकर्मीको हित, क्षमता विकास र पेशागत मर्यादालाई उच्च राख्दै नेपालका पशुपक्षी र मत्स्य क्षेत्रको विकासका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भुसालले नेभ्लामा २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छन् । हाल उनी नेभ्लाको सल्लाहकार छन् ।

पेसाकर्मीहरूको ३५ वर्षको प्रयासबाट २०७९ सालमा संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको छ । ऐनको आधारमा परिषद् गठन भएको हो ।  

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register