निजामती कर्मचारी सङ्गठन धनकुटामा नयाँ नेतृत्व चयन
धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति, धनकुटामा नयाँ नेतृत्व चयन भएको छ। १२औँ अधिवेशनले सुरेन्द्र खत्रीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा बिकाराम राई, अञ्जना मगर चयन भएका छन् । यस्तै सचिवमा मिनकुमार थापा, सहसचिवमा याम बहादुर आले, कोषाध्यक्ष तेजप्रसाद अधिकारीलाई चयन गरिएको छ। यस्तै प्रदेश प्रतिनिधिहरूमा क्रमशः […]


धनकुटा ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति, धनकुटामा नयाँ नेतृत्व चयन भएको छ। १२औँ अधिवेशनले सुरेन्द्र खत्रीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा बिकाराम राई, अञ्जना मगर चयन भएका छन् । यस्तै सचिवमा मिनकुमार थापा, सहसचिवमा याम बहादुर आले, कोषाध्यक्ष तेजप्रसाद अधिकारीलाई चयन गरिएको छ।
यस्तै प्रदेश प्रतिनिधिहरूमा क्रमशः विनोद बस्नेत, नेत्र श्रेष्ठ, अनुजा पराजुली, विनय पौडेल र केन्द्रीय प्रतिनिधिहरूमा रामकृष्ण सुवेदी, इन्द्र ब. भण्डारी, माईती कुमारी राई, इन्द्र ब. पोख्रेललाई चयन गरिएको छ। अधिवेशन उद्घाटन सहित शुभकामना सन्देश दिँदै पूर्वमन्त्री राजेन्द्र कुमार राईले नयाँ नेतृत्वबाट पेसागत हक हितको सुरक्षा एवं प्रशासनलाई सुदृढ, सक्षम, सेवामूलक, सभ्य र जनमुखी बनाई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न आग्रह गरेका छन्।
निजामती सेवालाई छिटोछरितो, मर्यादित, व्यावसायिक तथा नतिजामूलक बनाउँदै जनताको विश्वास आर्जन गर्न पनि उनले आग्रह गरेका छन्। एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सरकारको भावनाअनुसार जनउत्तरदायी भई प्रभावकारी काम गर्न आग्रह गरे। निजामती कर्मचारीले पदीय मर्यादामा रही निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो ।
What's Your Reaction?






