डोटीमा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा आज बुधबार मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामग्री बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना हुँदा ट्रक चालक […]

Apr 23, 2025 - 05:44
 0
डोटीमा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

डोटी ।

डोटीमा आज बुधबार मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनीट्रक दुघर्टना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामग्री बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनीट्रक दुघर्टना हुँदा ट्रक चालक बुंगल नगरपालिका–२ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

उहाँका अनुसार उक्त दुर्घटनामा ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्ल नसकेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register