स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने छ : मन्त्री पौडेल

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए […]

Jan 27, 2025 - 03:56
 0
स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने छ : मन्त्री पौडेल

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बीमा रकम पाँच लाख रुपैयाँ पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register