होलोकास्टका पीडितहरुको सम्झनामा काठमाडौंमा कार्यक्रम

सन् १९३० देखि ४० को दशकसम्म नाजी शासनद्वारा राज्य प्रायोजित र योजनाबद्ध रुपमा होलोकास्टको क्रममा बर्बरतापूर्वक हत्या गरिएका १५ लाख बालबालिकासहित ६० लाख यहुदीहरुको सम्झनामा ६ वटा मैनबत्ती बालेर सोमबार राजधानीमा अन्तर्राष्ट्रिय होलोकास्ट दिवस मनाइयो । काठमाडौंस्थित इजरायली दूतावास र जर्मनी दूतावासले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद […]

Jan 27, 2025 - 17:44
 0
होलोकास्टका पीडितहरुको सम्झनामा काठमाडौंमा कार्यक्रम

सन् १९३० देखि ४० को दशकसम्म नाजी शासनद्वारा राज्य प्रायोजित र योजनाबद्ध रुपमा होलोकास्टको क्रममा बर्बरतापूर्वक हत्या गरिएका १५ लाख बालबालिकासहित ६० लाख यहुदीहरुको सम्झनामा ६ वटा मैनबत्ती बालेर सोमबार राजधानीमा अन्तर्राष्ट्रिय होलोकास्ट दिवस मनाइयो । काठमाडौंस्थित इजरायली दूतावास र जर्मनी दूतावासले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले होलोकास्ट केवल यहूदी समुदायको वा युरोपको मात्रै दुःखान्त नभई मानव इतिहासकै अँध्यारो दिन भएको टिप्पणी गरे । उनले अझै पनि यहुदी समुदायले मानसिक रुपमा होलोकास्टको त्रास झेलिरहेको जिकिर गर्दै यस्तो बर्बरता फेरि नदोहरियोस् भन्नेमा सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा जर्मनी दूताबासका उपप्रमुख बेन्जामिन सिडेलले होलोकास्ट ग्यास चेम्बरबाट शुरु भएको भन्दा पनि घृणाका शब्दहरुबाट शुरु भएको जिकिर गर्दै लोकतन्त्रमा यस्तो बर्बरता र क्रूरता सह्य नहुन बताए । जर्मनी यस्तो भेदभावविरुद्ध दृढ रुपमा उभिएको जानकारी दिँदै उनले जर्मनी अहिले इजरायलको सबैभन्दा ठूलो व्यापार साझेदार भएको तथ्य उजागर गरे ।

त्यसैगरी इजरायलका राजदूत श्मुलिक आरी बासले यहुदी समुदायमाथि भएको बर्बरता र मानवीय त्रासदी विश्वकै लागि सधैं चेतावनीको रुपमा रहेको जिकिर गर्दै अन्तर्राष्ट्रिय होलोकास्ट दिवसले यस्ता दुःखान्त घटना दोहरिन नदिन सबैलाई सचेत गराउने बताए।

अमेरिकाका राजदूत डीन आर थोम्पसनले मानवताविरोधी अपराध, जातीय विभेद र सबै प्रकारका घृणा तथा असहिष्णुताविरुद्ध उभिनुपर्ने साझा जिम्मेवारी रहेको बताए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको होलोकास्टमा बाँचेकाहरु र उनीहरुका सन्तानहरुका लागि अटल समर्थन व्यक्त गरेको सन्देश पनि राजदूत थोम्पसन सुनाए । 

कार्यक्रममा हिमाली बोर्डिङ स्कुल र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीहरुले सामुहिक गीत र संगीत प्रस्तुत गरेर सबैलाई भावुक बनाएका थिए भने मानव निर्मित क्रूरताबारे जानकारी दिँदै यस्तो बर्बरता फेरि कहिल्यै नदोहरियोस् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आउस्विट्ज(अ प्लेस अन अर्थू शीर्षकमा फोटो प्रदर्शनी पनि गरिएको थियो ।

कार्यक्रममा सर्वसाधारणका लागि आगामी जनवरी २८ देखि फेब्रुअरी २ सम्म हिमाली बोर्डिङ स्कुल र फेब्रुअरी ३ देखि ९ सम्म काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा उक्त फोटो प्रदर्शनी राखिने जानकारी पनि दिइयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register