स्टक एक्सचेञ्जबारे निर्णय गर्न बसेको बोर्डको बैठक अनिर्णीत 

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको विषयमा निर्णय गर्न बसेको धितोपत्र बोर्डको बैठक निर्णय बिना नै टुँगिएको छ । मंगलबार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणका विषयमा निर्णय गर्न बनेको बोर्डको बैठक निर्णय बिना नै सकिएको हो ।  बैठकमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रियाका विषयमा सामान्य छलफल मात्रै भएको थियो ।  बोर्डले स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुलाउने […]

Jan 29, 2025 - 01:51
 0
स्टक एक्सचेञ्जबारे निर्णय गर्न बसेको बोर्डको बैठक अनिर्णीत 

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको विषयमा निर्णय गर्न बसेको धितोपत्र बोर्डको बैठक निर्णय बिना नै टुँगिएको छ । मंगलबार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणका विषयमा निर्णय गर्न बनेको बोर्डको बैठक निर्णय बिना नै सकिएको हो । 

बैठकमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रियाका विषयमा सामान्य छलफल मात्रै भएको थियो । 

बोर्डले स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुलाउने बरु आवेदन दिइसकेका पुरानै तीन कम्पनीबाट एउटालाई लाइसेन्स दिने तयारी गरेको छ । बोर्डले ती कम्पनीहरुको व्यवसायिक कार्ययोजनाका आधारमा उत्कृष्टलाई लाइसेन्स दिनेछ । 

बोर्डमा स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register