माओवादी केन्द्र दमकः डम्पिङ साइड बनेको वन क्षेत्रलाई हराभरा बनाउँदै

दमक, २३ जेठ । झापाको दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा माओवादी केन्द्र दमकले वृक्षारोपण गरेको छ । दमक नगरपालिकाले फोहोर फाल्दै आएको उक्त स्थानमा माओवादी केन्द्र दमक नगर कमिटीले दुई हजार फलफूलका विरुवा रोपेको हो । माओवादीले गत वर्षदेखि सुरु गरेको वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै वृक्षरोपण गरेको हो । गत वर्षदेखि सुरु भएको वृक्षरोपण [...] The post माओवादी केन्द्र दमकः डम्पिङ साइड बनेको वन क्षेत्रलाई हराभरा बनाउँदै appeared first on Jhapa Online.

Jun 6, 2025 - 15:31
 0
माओवादी केन्द्र दमकः डम्पिङ साइड बनेको वन क्षेत्रलाई हराभरा बनाउँदै

दमक, २३ जेठ । झापाको दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा माओवादी केन्द्र दमकले वृक्षारोपण गरेको छ । दमक नगरपालिकाले फोहोर फाल्दै आएको उक्त स्थानमा माओवादी केन्द्र दमक नगर कमिटीले दुई हजार फलफूलका विरुवा रोपेको हो । माओवादीले गत वर्षदेखि सुरु गरेको वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै वृक्षरोपण गरेको हो ।

गत वर्षदेखि सुरु भएको वृक्षरोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको माओवादी केन्द्र दमकले जनाएको हो । माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए ।

उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने र वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो । एक हप्तामा १२ हजार फलफूलका विरुवा वितरण तथा रोपन गरिएको अध्यक्ष बस्नेतले बताए ।

‘दमक नगरपालिकाले हम्सेदुम्से वन क्षेत्रमा फोहोर फाल्छ । त्यहाँ फोहोरका कारण पर्यावरण नै बिग्रिएको छ । तसर्थ, हामीले सुरु दिन नै त्यहाँ दुई हजार जामुन, अम्बा, कागतीलगायतका विरुवा रोपेका छौँ,’ उनी भन्छन्, ‘यसको संरक्षणमा हामी पनि लाग्छौँ । तर, यसमा सामुदायिक वन र स्थानीय सरकारले पनि साथ दिनुपर्छ । यसले केही वर्षमा उत्पादन दिन थाल्छ ।’

यस वर्ष पनि गत वर्षको जस्तै दमकमा प्रत्येक घरमा दुईवटा फलफूलका विरुवा दिइरहेको विरुवा संकलन समिति संयोजक समुन्द्र लामाले बताइन् । यस वर्ष आँप, लिची, कटहर, लटहर, बडहर, अमला, अम्बा, कागतीलगायतका विरुवा स्थानीयलाई उपलब्ध गराइँदै आएको उनले बताइन् । ‘पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ विद्यार्थीमा यसको चेता फैलाउन सके सबै घरमा पुग्छ भनेर हामीले यस वर्ष विद्यार्थीलाई विरुवा दिँदै आएका छौँ,’ उनले भनिन् ।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिनेछ । अभियान सुरु भएको एक सातामा नै १२ हजार विरुवा वितरण गरिएको उनले बताए । एक महिनाभित्रमा १२ हजार विरुवा वितरण गरिसक्ने लक्ष्य रहेको उनले बताए । यो अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।

माओवादी केन्द्र गत वर्ष दमक क्षेत्रमा माओवादी केन्द्रले ५० हजार बढी फलफूला विरुवा वितरण गरेको थियो । ती विरुवाले अहिले उत्पादन दिन थालेको माओवादी दमक इञ्चार्ज बेदु गौतमले बताए । ‘उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ । तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ उनले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको छ । आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ ।’

The post माओवादी केन्द्र दमकः डम्पिङ साइड बनेको वन क्षेत्रलाई हराभरा बनाउँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register