शहीद दिवसमा प्रधानमन्त्री ओलीले सम्झिए बाँकावीरदेखि लखन थापासम्म
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा प्रथम शहीदहरू बलबहादुर शाह (बाँकावीर)देखि लखन थापासम्मलाई सम्झिएका छन् । सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा उनले राणा शासनको विरोध गर्दा बाँकावीरलाई टाउकाको मूल्य तोकेर षड्यन्त्रपूर्ण ढंगले मारिएको प्रशंग कोट्याएका थिए । ‘जहानियाँ राणा शासन विसं १९०३ मा सुरु भएको थियो । २००६ मा अछामका बाँकावीरले राणा शासनविरुद्ध […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा प्रथम शहीदहरू बलबहादुर शाह (बाँकावीर)देखि लखन थापासम्मलाई सम्झिएका छन् ।
सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा उनले राणा शासनको विरोध गर्दा बाँकावीरलाई टाउकाको मूल्य तोकेर षड्यन्त्रपूर्ण ढंगले मारिएको प्रशंग कोट्याएका थिए ।
‘जहानियाँ राणा शासन विसं १९०३ मा सुरु भएको थियो । २००६ मा अछामका बाँकावीरले राणा शासनविरुद्ध आवाज उठाएका थिए । यसपछि राणाहरूले बाँकावीरको हत्या गरेर आफ्नो क्रुरताको सुरुवात गरेका थिए,’ उनले भने, ‘उहाँको टाउको ल्याउनेलाई इनाम दिने भनेर इस्तियार जारी गरिएको थियो । केही तत्वले बाँकावीरलाई छलपूर्ण र धोकापूर्ण ढंगले गिरफ्तार गरेर राणालाई बुझाएका थिए । त्यसपछि उहाँको क्रुर तरिकाले हत्या गरिएको थियो ।’
त्यो सिलसिला गोरखाका लखान थापाहुँदै चार शहीदसम्म चलेको प्रधानमन्त्री ओलीले बताए । ‘त्यहाँबाट सुरु भएको बलिदानको सिलसिला १९३३ मा लखन थापाको हत्या भयो । त्यसपछि अनेक प्रकारका शान्तिपूर्ण विरोध भए । लेखकदेखि कविसम्म राणाविरोधी आन्दोलनमा सहभागी भए,’ उनले थपे, ‘सन् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको हत्या गरियो ।’
प्रधानमन्त्री ओलीले तिनै शहीदहरूको बिलदानले अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गरे ।
‘विकासका काम र जनतालाई सहज बनाउनलाई लोकतान्त्र चाहिन्छ । यहाँसम्म ल्याइ पुर्याउन हाम्रा शहीदहरूको ठूलो योगदान छ । अनेक संघर्षका बाबजुद सहीदहरूको बलिदानको परिणामबाट आज हामीले लोकतन्त्रको अनुभूति गरिरहेका छौँ,’ उनले भने ।
What's Your Reaction?






