ट्रक पल्टिएपछि भागे २५ करोड मौरी, सावधानी अपनाउन प्रहरीको चेतावनी

काठमाडौं । अमेरिकी राज्य वासिङ्टनमा ट्रक पल्टिँदा २५ करोड मौरी भागेको अनुमान गरिएको छ । उक्त घटनापछि प्रहरी अधिकारीहरूले सर्वसाधारणलाई मौरीको झुण्डबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । बीबीसीकाअनुसार लगभग ७०,००० पाउण्ड (३१,७५० किलो) सक्रिय मह मौरीको घार बोकेको ट्रक क्यानडाको सीमा नजिकैको सडकमा पल्टिएको थियो । व्हाटकम काउन्टी शेरिफको कार्यालयले भन्यो, “२५ करोड […]

May 31, 2025 - 09:40
 0
ट्रक पल्टिएपछि भागे २५ करोड मौरी, सावधानी अपनाउन प्रहरीको चेतावनी

काठमाडौं । अमेरिकी राज्य वासिङ्टनमा ट्रक पल्टिँदा २५ करोड मौरी भागेको अनुमान गरिएको छ ।

उक्त घटनापछि प्रहरी अधिकारीहरूले सर्वसाधारणलाई मौरीको झुण्डबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।

बीबीसीकाअनुसार लगभग ७०,००० पाउण्ड (३१,७५० किलो) सक्रिय मह मौरीको घार बोकेको ट्रक क्यानडाको सीमा नजिकैको सडकमा पल्टिएको थियो ।

व्हाटकम काउन्टी शेरिफको कार्यालयले भन्यो, “२५ करोड मौरीहरू अहिले भागेका छन् । मौरीहरू एकै ठाउँमा झुम्मिन सक्छन् र टोक्न सक्छन् । त्यसकारणले सावधान रहनुहोस् ।”

मौरीपालकहरूले मौरी राख्न प्रयोग गर्ने घारलाई पुन: सेट गर्न प्रहरीसँग मिलेर काम गरेका छन् । उक्त सडक अहिले बन्द गरिएको छ ।

पश्चिमी अमेरिकामा केही मौरीपालकहरूले मह उत्पादनमा ध्यान दिन्छन् भने केहीले बालीमा परागणका लागि किसानहरूलाई आफ्ना घार भाडामा दिएर राम्रो आम्दानी गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register