मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित भएमात्र सहिदको आत्माले शान्ति पाउने बताएका छन् । सहिद दिवसका अवसरमा पार्टीद्वारा बुधबार आयोजित श्रद्धाञ्जलीसभामा उनले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताए । उनले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना […]

Jan 29, 2025 - 15:51
 0
मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित भएमात्र सहिदको आत्माले शान्ति पाउने बताएका छन् ।

सहिद दिवसका अवसरमा पार्टीद्वारा बुधबार आयोजित श्रद्धाञ्जलीसभामा उनले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताए । उनले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने विश्वास व्यक्त गरे ।

जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

श्रद्धान्जलीसभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register