लयमा रहेको डच टोलीलाई नेपालको चुनौती

काठमाडौं । नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्‌स बीचको त्रिकोणात्मक क्रिकेट सिरिज सुरु हुन केही समय मात्र बाँकी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने सिरिजको उद्घाटन खेलमा घरेलु टोली र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपालको महिला टोलीको नेदरल्याण्ड्ससँग यो पहिलो भिडन्त हो । साथै, नेपाली महिला टोलीको घरेलु मैदानमा भने यो दोस्रो अन्तर्राष्ट्रिय सिरिज […]

Jan 30, 2025 - 06:03
 0
लयमा रहेको डच टोलीलाई नेपालको चुनौती

काठमाडौं । नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्‌स बीचको त्रिकोणात्मक क्रिकेट सिरिज सुरु हुन केही समय मात्र बाँकी छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने सिरिजको उद्घाटन खेलमा घरेलु टोली र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालको महिला टोलीको नेदरल्याण्ड्ससँग यो पहिलो भिडन्त हो ।

साथै, नेपाली महिला टोलीको घरेलु मैदानमा भने यो दोस्रो अन्तर्राष्ट्रिय सिरिज हो । सन् २०२२ मा नेपालले युगान्डासँग अन्तर्राष्ट्रिय ५ खेलको टी–२० आई सिरिज खेलेको थियो ।

महिला टी–२० आईको वरीयतालाई हेर्ने हो भने १३औं स्थानमा रहेको थाइल्याण्ड र १६औं स्थानको नेदरल्याण्ड्सलाई २०औं स्थानमा रहेको नेपालले प्रतिस्पर्धात्मक चुनौती प्रस्तुत गर्ने अनुमान छ ।

वरीयताको हिसाबले माथि भएकोले पनि घरेलु टोलीलाई सहज नहुने देखिए पनि घरेलु दर्शकको सर्मथनमा उच्च प्रदर्शन गर्न सक्नु पनि नेपाली टोलीको लागि चुनौती हुनेछ ।

डच टोलीको कप्तानी बाबेट डि लिडेले गर्दैछिन् । प्रशिक्षक निल म्याक्रे हुन् । डच टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको राम्रो अनुभव लिएर नेपाल आइरहेको छ ।

गत महिना उनीहरूले युरोपियन क्रिकेट च्याम्पियनसिप महिला १० ओभर फर्म्याट टूर्नामेन्टमा इङ्ग्ल्यान्ड, स्कटल्याण्ड, आयरल्याण्ड, र इटालीविरुद्ध खेलेका थिए ।

उक्त प्रतियोगितमा डच टोली फाइनलमा पुगेको थियो, जहाँ इङ्ग्ल्यान्डसँग पराजित भयो । यसले डच टोली फर्ममा रहेको बुझ्न सकिन्छ ।

त्यसैगरी थाइल्यान्ड क्रिकेट सङ्घले डिसेम्बरमा त्रिकोणात्मक शृङ्खलाका लागि खेलाडी छनोट गर्न घरेलु टी–२० सुपर लिग २०२४ आयोजना गरेको थियो ।

यद्यपी, युरोपियन टोलीविरुद्ध प्रतिस्पर्धा गर्न भने नेपाली टोली तयार देखिन्छ । अनुभवी र युवा टोलीको मिश्रणले नेपालको टोली सन्तुलित देखिन्छ । इन्दु बर्माको कप्तानीमा नेपाली टोली मैदानमा उत्रने छ ।

टोलीमा इन्दुसहित रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झनाकुमारी खड्का, कविता कुँवर, कविता जोशी र रोमा थापा जस्ताअनुभवी खेलाडी छन् ।

साथै, भर्खरै यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका महिला खेलाडीहरु पनि टोलीमा अटाएका छन् । यू–१९ टोलीकी कप्तान पूजा महतो पनि सिनियर टोलीमा फर्किएकी छिन् । यू-१९ टिमकी विकेटकिपर अलिशा कुमारी यादवलाई पनि टोलीमा समावेश गरिएको छ ।

सन् २०२२ मा यूएईविरुद्ध अन्तिम पटक राष्ट्रिय टोलीबाट खेलेकी ममता कुमारी चौधरीले पनि टोलीमा स्थान बनाएकी छिन् । ममताले हालै धनगढीमा सम्पन्न प्रधानमन्त्री कपमा ६ खेलमा २०९ रन बनाएर सर्वाधिक रन बनाएकी थिइन् ।

त्यसैगरी, प्रधानमन्त्री कपमा उत्कृष्ट बलिङ प्रदर्शन गरेकी मनिषा उपाध्याय पनि टोलीमा छिन् । उनले पाँच खेलमा १० विकेट लिएकी थिइन् ।

अलराउन्डर रजमती ऐरी साथै रेवती धामी र ईश्वरी विष्टलाई पनि टोलीमा समावेश गरिएको छ । क्यानकाअनुसार अलिशा, मनिषा, रजमती, रेवती, र ईश्वरीले राष्ट्रिय टोलीमा डेब्यू गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register