भारतको क्षेप्यास्त्र आक्रमणबाट पाकिस्तानमा सात जनाको मृत्यु

काठमाडौं । भारतको आक्रमणमा पाकिस्तानमा सात जनाको मृत्यु भएको छ । भारतले मङ्गलबार राति गरेको हवाई (क्षेप्यास्त्र) आक्रमणबाट दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् । ‘पाकिस्तानलाई यो बिना उक्साएको भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार […]

May 7, 2025 - 01:36
 0
भारतको क्षेप्यास्त्र आक्रमणबाट पाकिस्तानमा सात जनाको मृत्यु

काठमाडौं । भारतको आक्रमणमा पाकिस्तानमा सात जनाको मृत्यु भएको छ ।

भारतले मङ्गलबार राति गरेको हवाई (क्षेप्यास्त्र) आक्रमणबाट दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् ।

‘पाकिस्तानलाई यो बिना उक्साएको भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकताबद्ध छ । हाम्रो मनोबल र सङ्कल्प अटल छ । हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ ।’

पाकिस्तानका जनता र सेना कुनै पनि खतराको सामना गर्न र शत्रुलाई पराजित गर्न पूर्ण रूपमा तयार रहेको प्रधानमन्त्री शरिफले बताएका छन् ।

‘शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिइने छैन,’ उनले भनेको बीबीसीको समाचारमा उल्लेख छ ।

भारतले यो कारबाही अप्रिल २२ (वैशाख ९)मा कश्मीरमा भएको आक्रमणपछि गरेको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । त्यहाँ एक नेपाली पनि परेका थिए ।

भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, उचित जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register