शिवसताक्षीमा उभौली साकेला पर्व मनाइने

शिवसताक्षी, २३ बैशाख । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइने भएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित यही जेष्ठ १० गते उभौली साकेला पर्व मनाइने भएको हो । आज शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गर्दै किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिले शिवसताक्षीको झिलझिलेमा उभौली पर्व मनाउने जानकारी गराएको [...] The post शिवसताक्षीमा उभौली साकेला पर्व मनाइने appeared first on Jhapa Online.

May 6, 2025 - 14:54
 0
शिवसताक्षीमा उभौली साकेला पर्व मनाइने

शिवसताक्षी, २३ बैशाख । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइने भएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित यही जेष्ठ १० गते उभौली साकेला पर्व मनाइने भएको हो ।

आज शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गर्दै किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिले शिवसताक्षीको झिलझिलेमा उभौली पर्व मनाउने जानकारी गराएको हो ।

उभौली पर्व विगत वर्षहरु भन्दा फरक ढंगबाट मनाइने किराँत राई यायोख्या शिवसताक्षीका सचिव मिलन राईले जानकारी दिए । उभौली पर्व नगर स्तरीय कार्यक्रम भएपनि झापामा रहेका किराँत राई समुदाय र अन्य समुदायहरुलाई कार्यक्रममा उपस्थित गराइने भएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई र गायिका इन्द्रकला राईले बेजोड प्रस्तुती दिइने आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा मुन्दुमी गीत, च्याब्रुङ नाच, साकेला नाचहरु प्रस्तुत हुनेछन् ।

कार्यक्रमा संस्थाका सदस्य पवन राईलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने, किराँत राई यायोख्या शिवसताक्षीलाई विभिन्न समयमा सहयोग गर्ने विना राईलाई सम्मान गरिने सचिव मिलन राईले जानकारी दिए ।

बृहत सांस्कृतिक सहितको उभौली पर्व सम्पन्न गर्न १० लाख लागतको अनुमान गरिएको उभौली साकेला पर्वका संयोजक पदम राईले बताए । उनले शिवसताक्षी नगरपालिका, संस्थाको कोषमा रहेको रकम र साथीभाईको सहयोगबाट कार्यक्रम सपन्न गरिने जानकारी दिए ।

कार्यक्रममा किराँत राई यायोख्या जिल्ला सदस्य साने राईले बहुजाती, बहुधार्मिक र बहुसाँस्कृतिक रहेको समाजमा बसकेको किराँत राई जातिले यस पर्वलाई आफ्नो पर्वको रुपमा नलिई सबै जाति, धर्म र संस्कृति रहेका समुदाय रहेको बताए । उभौली पर्व मनाउने उनले सबैलाई निमन्त्रणा गरेका थिए ।

कार्यक्रम दुई चरणमा गरिने भएको छ । विहान १० बजेदेखि मुन्दुमी पुजा, साकेला नाच लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने, दिउँसो २ बजे पछि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलन किराँत राई यायोख्या शिवसताक्षीका अध्यक्ष पर्शुराम राईको अध्यक्षतामा भएको थियो ।

उभौली पर्व प्रत्येक वर्ष बैशाख पूर्णिमा देखि किराँती रितीअनुसार भूमीको पूजा गरी मनाउने प्रचलन रहेको छ । किराँत समुदायले साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

The post शिवसताक्षीमा उभौली साकेला पर्व मनाइने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register