आईपीओ स्वीकृतिका लागि कमिसन मागेको आरोप, धितोपत्र बोर्ड भन्छ- ‘सबै आरोप भ्रामक’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा कमिसन मागेको आरोप भ्रामक भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले उक्त आरोप गलत भएको बताएको हो । केही दिनदेखि जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको विषय चर्चामा छ । अझ यतिसम्म की कमिसन नदिएकै कारण बोर्डले आईपीओ रोकको आरोपसमेत […]

May 6, 2025 - 13:17
 0
आईपीओ स्वीकृतिका लागि कमिसन मागेको आरोप, धितोपत्र बोर्ड भन्छ- ‘सबै आरोप भ्रामक’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा कमिसन मागेको आरोप भ्रामक भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले उक्त आरोप गलत भएको बताएको हो ।

केही दिनदेखि जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रक्रियामा बोर्डले ७ प्रतिशतसम्म कमिसन मागेको विषय चर्चामा छ । अझ यतिसम्म की कमिसन नदिएकै कारण बोर्डले आईपीओ रोकको आरोपसमेत लागेको छ ।

तर, बोर्डले उक्त आरोपमा पूर्णरुपमा तथ्यहीन र भ्रामक भएको बताएको छ । बोर्डले पूँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता भ्रामक आरोप लगाएको बताएको छ । यस्तो गतिविधिले सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई समेत निरुत्साहित गर्न खोजिएको बताएको छ ।

त्यस्तै, बोर्डले अध्यक्ष नाम लिएर कसैले आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएका तथ्यगत विवरण उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । त्यसरी कसैले गैरकानूनी फाइदा लिएको पुष्टि भए कानूनी कारवाही गर्ने पनि बोर्डले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register