अमेरिकाले भन्यो– भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेका छौँ

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेको बताएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार बिहान सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानमाथि भारतको आक्रमणपछिको परिस्थितिमाथि नजर राखिरहेको बताएका हुन् । ‘म भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको छु,’ रुबियोले भनेका छन्, ‘यो तनाव चाँडै अन्त्य हुनुपर्छ भन्नेमा म राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीसँग सहमत छु । […]

May 7, 2025 - 02:42
 0
अमेरिकाले भन्यो– भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेका छौँ

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेको बताएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार बिहान सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानमाथि भारतको आक्रमणपछिको परिस्थितिमाथि नजर राखिरहेको बताएका हुन् ।

‘म भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको छु,’ रुबियोले भनेका छन्, ‘यो तनाव चाँडै अन्त्य हुनुपर्छ भन्नेमा म राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीसँग सहमत छु । शान्तिपूर्ण समाधानका लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैसँग वार्ता जारी राख्नेछु ।’

यसैबीच, केही समय अगाडि पाकिस्तानी सेनाले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पाकिस्तानको पूर्ण अधिकार रहेको बताएका छन् ।

भारतले यो कारबाही अप्रिल २२ (वैशाख ९)मा कश्मीरमा भएको आक्रमणपछि गरेको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जहाँ एक नेपाली पनि परेका थिए ।

भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

भारतको क्षेप्यास्त्र आक्रमणबाट पाकिस्तानमा सात जनाको मृत्यु

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register