रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल, आजै अन्त्येष्टि

झापा, २३ बैशाख । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्येष्टि गरिनेछ । यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको [...] The post रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल, आजै अन्त्येष्टि appeared first on Jhapa Online.

May 6, 2025 - 14:51
 0
रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल, आजै अन्त्येष्टि

झापा, २३ बैशाख । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्येष्टि गरिनेछ ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा ९एमाले०भित्र निर्णायक र प्रभावशाली हुनुहुन्थ्यो । राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गर्नुभएका उहाँ नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित हुनुहुन्थ्यो । उहाँ आख्यानकार, कवि र उपन्यासकार हुनुहुन्थ्यो ।

उहाँले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोतलगायतका मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमालेको सचिवालय सदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गर्नुभएका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्‍याउनुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

The post रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल, आजै अन्त्येष्टि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register