लन्डनमा ऐतिहासिक नाटक ‘भिमसेन थापा’ मञ्चन

लन्डन । लन्डनमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्यमा आधारित ऐतिहासिक नाटक ‘भिमसेन थापा’ मञ्चन गरिएको छ । गत २७ अप्रिल सांझ साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवको हलमा नाटक मञ्चन भएको हो । नेपाली साहित्य विकास परिषद् यूकेको आयोजनामा मञ्चन भएको उक्त नाटक कलाकार सनम कुमार बैरागले निर्देशन गरेका हुन् । नाटकका प्रमुख पात्र भिमसेन थापाको […]

May 5, 2025 - 19:45
 0
लन्डनमा ऐतिहासिक नाटक ‘भिमसेन थापा’ मञ्चन

लन्डन । लन्डनमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्यमा आधारित ऐतिहासिक नाटक ‘भिमसेन थापा’ मञ्चन गरिएको छ । गत २७ अप्रिल सांझ साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवको हलमा नाटक मञ्चन भएको हो ।

नेपाली साहित्य विकास परिषद् यूकेको आयोजनामा मञ्चन भएको उक्त नाटक कलाकार सनम कुमार बैरागले निर्देशन गरेका हुन् । नाटकका प्रमुख पात्र भिमसेन थापाको भूमिकामा पनि सनम बैराग नै देखिएका थिए । लन्डन बसेर पनि रङ्गमञ्चदेखि चलचित्रसम्म अभिनय र निर्देशनमा निकै सक्रिय सनमले यस नाटकमा पनि दर्शकको मन जित्न सफल भए ।

नाटकमा भक्ति थापाको भूमिकामा समान्त तामाङ र सूत्राधारको भूमिकामा सुरेश श्रेष्ठको प्रस्तुति पनि प्रशंसनीय रह्यो । नाटकमा नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपाली, डा. दुबसु क्षेत्री, ज्ञानेन्द्र राउत तथा दुर्गा गुरुङको नेपथ्यबाट न्यारेसनमा कलाकारको अभिनय प्रभावकारी थियो । त्यसैगरि नाटकमा पाश्र्व गायनमा सपन कुमार राई, संगीत संयोजन तारा प्रकाश लिम्बु र नृत्य संयोजन कोरियोग्राफर चरण प्रधानले गरेका छन् ।

निर्देशक सनमले भिमसेन थापाको योगदान, उदय र अन्त्यलाई नाटकमा उत्कृष्ट रुपमा उतारेका छन् । नेपालको इतिहासमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल राष्ट्रिय गौरव, कुशल प्रशासक, दूरदर्शी मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापाको उदय र अन्त्यको ऐतिहासिक विषयवस्तुलाई लिएर युग कवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित नाटक ‘भिमसेन थापा’ पुस्तक भित्रबाट कथाको विषयवस्तु लिएर कलाकार तथा निर्देशक सनमले नाटकलाई मनोरन्जनपूर्ण र मर्मस्पर्सी रूपले मञ्चमा उतारेका छन् ।

यसअघि उनले ‘कैदीको पत्र’ चलचित्र निर्देशन गर्नुका साथै बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ जस्ता नाटक सफलतापूर्वक मञ्चन गरिसकेका छन्।

राष्ट्र निर्माता वडा महाराजाधिराज पृथ्वीनारायण शाहद्वारा एकीकृत गरिएको नयाँ नेपाललाई सवल र बलियो बनाउन मुख्तियार भिमसेन थापाको योगदान जत्तिको महत्वपूर्ण छ, त्यत्तिकै महत्वपूर्ण भूमिका नेपालको आधुनिकीकरण गर्न पनि छ ।

उनले नेपालको राजपाठमा सन् १८०६ देखि १८३७ सम्म तीन दशक मुख्तियार अर्थात प्रधानमन्त्री भएर मुख्यतया बेलायती साम्राज्य विस्तारबाट नेपाल राज्यलाई बचाएर राखे । यो योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले हरेक नेपालीको मुटुमा कुँदिएको छ । यस्तै उनले देशभित्र प्रशासनिक सुधार, विकास निर्माण र व्यापार व्यवसाय प्रवर्धनमा पनि कुशल नेतृत्व गरे ।

यी सबै पृष्ठभूमिभित्र ‘भिमसेन थापा’ नाटकले जस्तोसुकै कठिन अवस्थामा पनि सम्पूर्ण नेपालीको मनोवल उच्च राख्दै असिम साहस बोकेर भिमसेन थापाले डटेर सामना गरेको परिदृष्य, उनको दूरदर्शिता, स्वाभिमान, राष्ट्रभक्ति र कुशल प्रशासनिक एवं राजनीतिक र कुटनीतिक नेतृत्व आदि विषयवस्तु उजागर गरेको छ ।

वीरता र वियोगान्त रस समिश्रण रहेको यस नाटकमा राजनीतिक दाउपेज र षडयन्त्रका कारण राष्ट्रका गौरव पुरूष भिमसेन थापाको दर्दपूर्ण एवं दुःखद अन्तलाई कलाकार तथा निर्देशक सनम बैरागले आफ्नो अभिनय र निर्देशनमा बढो मार्मिकरूपले उतारेका छन् ।

नाटक मञ्चन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद् यूकेका प्रमुख वरिष्ठ सल्लाहकार एवं यतीका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबीइ र परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले शुभकामना दिएका थिए ।

यस नाटक बेलायतका अन्य शहरहरु रिडिङ, उलवीच, अल्डरसट, स्कटल्यान्ड र नेपालमा समेत मञ्चन गर्ने तयारी भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register