भारतको बजेट आज सार्वजनिक गरिदै

नयाँदिल्ली । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्वजनिक गरिदैँछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ ।  हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन ।  यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य […]

Feb 1, 2025 - 01:24
 0
भारतको बजेट आज सार्वजनिक गरिदै

नयाँदिल्ली ।

भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्वजनिक गरिदैँछ ।

अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ ।  हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन । 

यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।

सो बजेट मन्तब्य पछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाइ दिदैँ आएको छ । 

भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०/५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ। त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register