नेटफ्लिक्सले फेब्रुअरीमा कुन-कुन चलचित्र र सिरिज रिलिज गर्दैछ ?

काठमाडौं । फेब्रुअरीमा गर्भवती तथा क्यान्सरका विषयमा नक्कली नाटक गर्नेहरूका चलचित्रबाट व्यापक दर्शक बटुल्ने अपेक्षामा नेटफ्लिक्स छ । फेब्रुअरी ५ मा गर्भवतीको नाटक गर्ने एकल महिलाको कथामा एमी स्क्युमरलाई पात्र बनाउँदै हास्यव्यङ्ग्य चलचित्र ल्याउँदैछ । यस्तै, फेब्रुअरी ६ मा क्यान्सरको नाटक गर्ने योगा गुरु पात्रमा केटलिन डेभरलाई उतार्दै एप्पल साइडर भिनेगेर प्रशारण गर्नेछ । त्यसअघि […]

Feb 2, 2025 - 14:21
 0
नेटफ्लिक्सले फेब्रुअरीमा कुन-कुन चलचित्र र सिरिज रिलिज गर्दैछ ?

काठमाडौं । फेब्रुअरीमा गर्भवती तथा क्यान्सरका विषयमा नक्कली नाटक गर्नेहरूका चलचित्रबाट व्यापक दर्शक बटुल्ने अपेक्षामा नेटफ्लिक्स छ ।

फेब्रुअरी ५ मा गर्भवतीको नाटक गर्ने एकल महिलाको कथामा एमी स्क्युमरलाई पात्र बनाउँदै हास्यव्यङ्ग्य चलचित्र ल्याउँदैछ । यस्तै, फेब्रुअरी ६ मा क्यान्सरको नाटक गर्ने योगा गुरु पात्रमा केटलिन डेभरलाई उतार्दै एप्पल साइडर भिनेगेर प्रशारण गर्नेछ ।

त्यसअघि फेब्रुअरी १ मा उसले नक्कली सौन्दर्य ताज प्रतियोगितालाइ समेटेर मिस कन्जिनियालिटी सार्वजनिक गरेको थियो ।

फेब्रुअरीमा नेटफ्लिक्सले दुई दर्जनभन्दा बढी  सिरिज तथा चलचित्र प्रशासरण गर्देछ । फेब्रुअरी ३ मा  ‘बोगटा: सिटी अफ द लस्ट’ र फेब्रअुरी ५ मा ‘सेलिब्रेटी बियर हन्ट’, ‘इनिभियस  सिजन टू काइन्डा प्रेगनेन्ट’, ‘प्रिजन सेल २११’ र ‘सिन्टोनिया सिजन फाइभ’ ल्याउँदैछ ।

फेब्रअुरी ६ मा  ‘एप्पल साइडर भिनेगर’ र ‘द अर मर्डर’ ल्याउनुका साथै ‘क्यासेन्ड्रा’, ‘गोल्डेन कमी : द हन्ट अफ प्रिजनर्स इन होकाइदो’ र ‘स्वीट म्याग्नोलियस’ सिजन फाइभ आउँदैछ ।

फेब्रअुरी ७ मा ‘द ग्रेटेस्ट राइभलरी: इन्डिया भर्सेस पाकिस्तान’, ‘पोकेमो होराइजन्स’ सिजन टू, ‘रङ साइड अफ द ट्रयाक्स’ सार्वजनिक हुँदैछ । यस्तै फेब्रअुरी  ८ मा ‘सकामोतो डेज्स’, ‘सर्भाइभिङ ब्ल्याक हक डाउन’ नेटफ्लिक्सले ल्याउँदैछ ।

फेब्रुअरी ११ मा ‘फिलिपी एसपर्जा : र्यागिङ फूल’, ‘द विचर: सिरेन्स अफ डिप’ सार्वजनिक हुनेछ । यस्तै १२ मा  ‘डेथ विफोर विडिङ’, ‘हनिमुन क्र्यासर’ आउनेछ । फेब्रअुरी १३ मा ‘कोब्रा काई’ सिजन सिक्सका साथै ‘डग डेज आउट’, ‘द एक्सचेन्ज’ सिजन टू प्रशारण हुनेछ ।

फेब्रुअरीमा १४ मा ‘आईएम म्यारिड बट! लभ इज ब्लाइन्ड’ सिजन एट, ‘मेलो मूभी’, ‘भलेरिया सिजन’ फोर सार्वजनिक हुनेछ । यस्तै, ‘धूम धाम’, ‘लभ फरएभर’, ‘द मस्ट ब्युटिफूल गर्ल इन द वर्ल्ड’का साथै ‘उम्जोलो: दियर इज नो क्युओर’ पनि प्रशारण हुनेछ ।

फेब्रुअरी १५ मा ‘सकामोतो डेज’, १७ मा ‘ग्याभिज्स डल हाउस’ सिजन एलेभेन ल्याउने नेटफ्लिक्सको कार्यतालिका छ ।  यस्तै, फेब्रुअरी १८ मा ‘कोर्ट अफ गोल्ड’, ‘अफलाइन लभ’, ‘रोजबड बेकर: द मदर लोड’ सार्वजनिक हुनेछ । फेब्रुअरी १९ मा ‘माइ फेमिली’, २० मा ‘जेरो डे’, २२ मा ‘सकामोतो डेज’ २३ मा ३१ औँ ‘स्क्रिन एक्टर्स गिल्ड अवार्डस’ नेटफ्लिक्समा आउने छ ।

फेब्रुअरी २५ मा ‘फूल  स्वीङ्को’ सिजन थ्री आउनेछ भने फेब्रुअरी २६ मा ‘मिस इालिया मस्ट नट डाइ’ आउनेछ । २७ मा ‘डेमन सिटी’, ‘रनिङ पोइन्ट’, ‘टक्सिक टाउन’, ‘द रङ ट्र्याक’ सार्वजनिक हुनेछ । यस्तै, २८ मा ‘एटियाना मेटामोर्फोसिस’का साथै ‘स्क्वाड थर्टी सिक्स’ सार्वजनिक हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register