इरानले सार्वजनिक गर्‍यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

तेहरान इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ । फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी […]

Feb 2, 2025 - 14:27
 0
इरानले सार्वजनिक गर्‍यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

तेहरान
इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ ।

फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो नयाँ स्वरूपको क्षेप्यास्त्रसहित इरानका क्षेप्यास्त्रहरू आफ्नो कट्टर शत्रु इजरायलसम्म पुग्न सक्षम छन् । इरानले यि क्षेप्यास्त्रलाई गत वर्ष गाजा युद्ध सुरूभएपछि दुई पटक प्रयोगमा ल्याएको छ ।

“रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,” पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भने । सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्रको स्थापनाको ४६ औं वर्षगाँठको केही दिन अघि र इरानको राष्ट्रिय अन्तरिक्ष दिवस को अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।

आफ्नो पहिलो कार्यकालमा इरानमाथि ’अधिकतम दबाब’ को नीति अपनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि तेहरानले ठूलो सैन्य अभ्यास र भूमिगत सैन्य अखडाको प्रस्तुतिसहित थुप्रै शक्ति प्रदर्शन गरेको छ ।

साथै, तेहरानले दशकौंदेखि पश्चिमा मुलुकहरूसँगको तनावको विषय बनेको आफ्नो आणविक कार्यक्रमलाई लिएर वार्ता पुनः सुरु गर्न इच्छुक रहेको सङ्केत दिएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आफ्नो अधिकांश सैन्य उपकरण तत्कालीन सहयोगी अमेरिकाबाट खरिद गरेको इरानले पछि वासिङ्टनले सम्बन्ध तोडेर प्रतिबन्ध लगाएपछि इरानले आपूलाई हतियारमा आत्मनिर्भर बनाउने कदम चालेको देखिन्छ ।

सन् १९८० देखि १९८८ को बीचमा इराकसँगको विनाशकारी युद्धका बेला हातहतियार प्रतिबन्धको सामना गरेको इरानले अहिले क्षेप्यास्त्र, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनलगायत स्वदेशमा विकसित हतियारको पर्याप्त भण्डार छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register