यसरी फुक्यो जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिको गाँठो

काठमाडौं । विगत लामो समयदेखि टुङ्गिन नसकेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिको विषयले अन्ततः निकास पाएको छ । व्यवस्थापन सङ्कायका डीन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरू लगायतका सबै पक्षबीच सहमतिमार्फत सिफारिसका लागि सर्वसम्मत सर्च कमिटी गठन भएसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको विषय अगाडि बढेको हो । क्याम्पस सञ्चालक समितिमा अध्यक्ष […]

Mar 7, 2025 - 01:39
 0
यसरी फुक्यो जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिको गाँठो

काठमाडौं । विगत लामो समयदेखि टुङ्गिन नसकेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिको विषयले अन्ततः निकास पाएको छ ।

व्यवस्थापन सङ्कायका डीन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरू लगायतका सबै पक्षबीच सहमतिमार्फत सिफारिसका लागि सर्वसम्मत सर्च कमिटी गठन भएसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको विषय अगाडि बढेको हो ।

क्याम्पस सञ्चालक समितिमा अध्यक्ष सहप्राध्यापक नरेन्द्रराज पौडेलले दिएको जानकारीअनुसार प्राध्यापक बालकृष्ण श्रेष्ठको संयोजकत्वमा प्राध्यापक सिलु प्रधानाङ्ग र अच्युत ज्ञवाली सदस्य रहेको तीन सदस्यीय सर्च कमिटी गठन भएको हो ।

विगतमा क्याम्पस प्रमुख नियुक्तिका लागि दुईपटक सर्च कमिटी गठन भएपनि सहमतिमा बन्न नसकेको र क्याम्पसको विवादलाई आन्तरिक रुपमा समाधान गर्नुको साटो राजनीतिक स्वार्थका कारण प्रचारको विषय बनाइएको भन्दै विरोध भइरहेको थियो । मङ्गलबार त्रिविका डीन प्राडा महानन्द चालिसेको उपस्थतिमा बसेको क्याम्पसको सञ्चालक समितिको बैठकले प्राडा  श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरिको क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाहीले बताए ।

यसअघि सञ्चालक समितिका अध्यक्षको असहयोग तथा नियम विपरित सर्च कमिटीका अध्यक्ष नियुक्ति लगायतको कारण सर्च कमिटीहरूले काम गर्न सकेका थिएनन् ।  यसपटक स्ववियू उपाध्यक्ष अनिकेत तिवारीले गरेको प्रस्तावमा व्यवस्थापन संकायका डीनलाई सञ्चालक समितिको बैठकमा आमन्त्रण गरी डीनकै प्रस्तावमा निष्पक्ष र सर्वमान्य रुपमा सर्च कमिटी गठन गरेपछि विवाद समाधान भएको हो ।

तिवारीको प्रस्तावले यसरी फुकाए गाँठो

लामो समयदेखि निमित्तको भरमा चलिरहेको जनप्रशासन क्याम्पस बल्खुको क्याम्पस प्रमुख नियुक्तिको विषय यसपटकको सञ्चालक समितिको प्रमुख एजेण्डाको रुपमा तोकिएको थियो । सञ्चालक समिति बैठकभन्दा अघि त्यस विषयमा सहमति जुटाउनका लागि तीन पटकसम्म सञ्चालक समितिका अध्यक्ष नरेन्द्रराज पौडेल, क्याम्पस प्रमुख शाही, क्याम्पसको स्ववियुका प्रतिनिधि तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूको बैठक बसेको थियो । तर तीनवटै बैठकमा क्याम्पस प्रमुखको सिफारिसका लागि गठन गर्ने सर्च कमिटीका सदस्यहरुका विषयमा सहमति जुट्न सकेन ।

त्यसपछि बसेको चौथो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनिकेत तिवारीले सहमतिको प्रस्ताव अघि सारेका थिए । उपाध्यक्ष तिवारीले अघि सारेकै मोडेलमा सहमति जुटेपछि विवाद निष्केषमा पुगेको हो ।

उपाध्यक्ष  तिवारीले प्रस्ताव गरेका दुईवटा बुँदा थिए । जसमा पहिलो, ‘नयाँ क्याम्पस प्रमुखको रुपमा प्रतिष्पर्धा गर्न पाउनु सबैको अधिकार भएकाले त्यसमा नियमले नरोके हालका निमित्त क्याम्पस प्रमुख स्वंयमले पनि उम्मेदवार बन्न पाउने’ भन्ने थियो ।

यस्तै दोस्रो बुँदामा, ‘सञ्चालक समितिको बैठकमा व्यवस्थापन संकायका डीनलाई आमन्त्रण गर्ने र सोही बैठकमा डीनले क्याम्पस प्रमुखको छनोटका लागि सर्च कमिटीमा बस्ने व्यवस्थापन संकायकै ३ जना व्यक्तिको नाम छनोट गर्ने’ प्रस्ताव थियो ।

सोहीअनुसार फागुन २० मा बसेको सञ्चालक समिति बैठकमा व्यवस्थापन सङ्कायका डीन प्राडा महानन्द चालिसेलाई आमन्त्रण गरेर  उनैले सर्च कमिटीका संयोजक प्राडा बालकुष्ण श्रेष्ठ तथा दुई सदस्यको नाम सिफारिस गरेका थिए । सिफारिस भएका तीनै जनाको नाम बैठकले तत्कालै स्वीकृत गरेको थियो ।

क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाहीले सर्च कमिटीका सदस्यहरूका लागि पत्र तयार गरी पठाइसकिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि सर्च कमिटीले काम सुरु गर्ने र १५ दिन भित्रमा नयाँ क्याम्पस प्रमुखको नाम सिफारिस गर्ने बताए ।

जनप्रशासन क्याम्पसका स्ववियु सचिव सत्यमकुमार यादवले क्याम्पस प्रमुख नियुक्ति तथा क्याम्पसका आन्तरिक समस्याका विषयमा राजनीति गर्न नहुने भन्दै उपाध्यक्ष तिवारीको रोडम्याप अनुसार सर्च कमिटी गठन भएसँगै अब सर्वस्वीकार्य रुपमा नयाँ क्याम्पस प्रमुख नियक्ति हुने बताए ।

स्ववियु उपाध्यक्ष तिवारीले क्याम्पसका हरेक समस्याका लागि क्याम्पस प्रमुखलाई मात्रै दोष लगाएर कोही पनि उम्किने अवस्था नरहेको भन्दै सबैजना जिम्मेवार बनेर अघि बढ्नुपर्ने आवश्यकता बोध गरेरै आफूले सबैलाई स्वीकार्य हुने प्रस्ताव अघि सारेको र त्यसमा व्यवस्थापन सङ्कायका डीन लगायतका सबै सहमत भएसँगै विवाद र समस्याको गाँठो फुकेको बताए ।

जनप्रशासन क्याम्पसका सञ्चालक समिति अध्यक्ष पौडेलले विगतमा राजनीतिकरणले गर्दा समस्या उत्पन्न भएको र निकासका लागि डीनको प्रस्तावमा सर्च कमिटी गठन गरिएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register