शङ्करापुरको बेवारिसे बालबालिका आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शङ्करापुरमा टिपरले किचेर तीन जनाको ज्यान गएको छ । नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको हो । द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा मध्यराति बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको काठमाडौं प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट मृत्यु […]

Mar 7, 2025 - 01:54
 0
शङ्करापुरको बेवारिसे बालबालिका आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शङ्करापुरमा टिपरले किचेर तीन जनाको ज्यान गएको छ । नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको हो ।

द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा मध्यराति बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको काठमाडौं प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट मृत्यु हुनेमा दुईजना बालक र एक वृद्ध गरी तीनजना छन् । आकाश र सुमन नामका बालक र वृद्ध हरिजनको मृत्यु भएको हो ।

गम्भीर घाइते हरिजनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलार्ई नियन्त्रण लिइएको बौद्ध प्रहरीले जनाएको छ ।

अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register