फर्निचर बोक्ने गाडीको ठक्करबाट दिदी बहिनीको ज्यान गयो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएम गेट नजिक बिहीबार साँझ भएको सवारी दुर्घटनामा एकै घरका दिदी बहिनीको ज्यान गएको छ । गाईघाट स्थित त्रियुगा नपा ११ हिमाली टोलमा रहेको हिमशिखर फर्निचर उद्योगको प्र १ ०५ ००१ च् ००९१ नं ंको बोलेरो गाडीले ब्रेक फेल भै डिएम गेटबाट बस पार्कतिर जाने भित्री सडकमा […]

Mar 6, 2025 - 16:58
 0
फर्निचर बोक्ने गाडीको ठक्करबाट दिदी बहिनीको ज्यान गयो

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएम गेट नजिक बिहीबार साँझ भएको सवारी दुर्घटनामा एकै घरका दिदी बहिनीको ज्यान गएको छ ।


गाईघाट स्थित त्रियुगा नपा ११ हिमाली टोलमा रहेको हिमशिखर फर्निचर उद्योगको प्र १ ०५ ००१ च् ००९१ नं ंको बोलेरो गाडीले ब्रेक फेल भै डिएम गेटबाट बस पार्कतिर जाने भित्री सडकमा अनियन्त्रित भएर घरको वेटीमा बसिरहेका दिदी बहिनीलाई ठक्कर दिंदा दुबैको ज्यान गएको हो ।


सवारी दूर्घटना गराउने सवारी चालक त्रियुगा नपा ९ बस्ने वर्ष १८ को निर्जल कटुवाललाई र सवारी साधन अहिले प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सो दुघटनामा परेका सप्तरी जिल्लाको राजविराज घर भएका ललन दासको १४ वर्षकी छोरी अनु कुमारी र १२ वर्षकी अर्की छोरी देवी कुमारी दुबैको ज्यान गएपछि परिवारमा रुवाबासी चलेको छ ।

सो सवारी दुर्घटनामा देवीको घटनास्थलमै र अनुको उपचारकालागि जिलला अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register