म्याग्दीमा मर्निङवाकमा निस्किएका प्रचण्डले गरे स्थानीयसँग अन्तरक्रिया (भिडिओसहित)
काठमाडौं । पार्टीको साख फर्काउने उद्देश्यले देश दौडाहामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला म्याग्दीमा छन् । म्याग्दी पुगेर पनि प्रचण्डले आफ्नो मर्निङवाकको दैनिकीलाई निरन्तरता दिएका छन् । उनले नेता–कार्यकर्तासहित आज (मङ्गलबार) मर्निङवाक गरिरहेको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मर्निङवाकपछि तातोपानी पिउँदै स्थानीयसँग अन्तरक्रिया गरेका […]

काठमाडौं । पार्टीको साख फर्काउने उद्देश्यले देश दौडाहामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला म्याग्दीमा छन् ।
म्याग्दी पुगेर पनि प्रचण्डले आफ्नो मर्निङवाकको दैनिकीलाई निरन्तरता दिएका छन् । उनले नेता–कार्यकर्तासहित आज (मङ्गलबार) मर्निङवाक गरिरहेको भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मर्निङवाकपछि तातोपानी पिउँदै स्थानीयसँग अन्तरक्रिया गरेका छन् । जहाँ तातोपानी कुण्डलगायतका विषय उठेको भिडिओमा देख्न सकिन्छ ।
सो अवसरमा प्रचण्डले म्याग्दी जिल्लाको समग्र विकासमा आफूहरूको ध्याउन्न रहेको बताएका छन् । प्रचण्डसँगै नेता दिनानाथ शर्मा पनि देखिएका छन् ।
विगतका गल्तीको समीक्षा गर्न र पार्टीलाई २०६४ सालको अवस्थामा फर्काउन भन्दै पछिल्लो समय जिल्ला दौडाहामा रहेका उनी प्रायः मर्निङवाकमा निस्कने गरेका छन् ।
यसअघि तेह्रथुम, विराटनगरलगायतका ठाउँमा पनि प्रचण्ड मर्निङवाकमा निस्किएका थिए ।
माओवादी केन्द्रले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णयसमेत गरिसकेको छ ।
हेराैँ भिडिओ :
ओलीको जन्मस्थान आसपास प्रचण्डको ‘मर्निङवाक’, देशभक्तिपूर्ण गीतसहित भिडिओ सेयर
What's Your Reaction?






