समाजवादी मोर्चाबारे छलफल गर्न बालुवाटारमा बैठक जारी

Jun 18, 2023 - 04:57
 0
समाजवादी मोर्चाबारे छलफल गर्न बालुवाटारमा बैठक जारी
समाजवादी मोर्चाबारे छलफल गर्न बालुवाटारमा बैठक जारी

काठमाडौँ । समाजवादी मोर्चाबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी रहेको बताइएको छ । 

समाजवादी मोर्चा घोषणाका विषयमा  छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल जारी छ । 

समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताइएको छ ।  

समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1