दिल्ली विधानसभा चुनाव : यी हुन् चर्चित महिला उम्मेदवार
काठमाडौं । फेब्रुअरी ५ मा दिल्लीका सबै ७० सिटमा मतदान हुँदैछ । दिल्ली विधानसभा चुनावमा ६९९ उम्मेदवारको भाग्य दाउमा छ । ९६ जना महिला उम्मेदवारको भाग्य आजमाइरहेको छ । उनीहरुमध्ये केही चर्चित महिला अनुहार, जानौँ – आतिशी मुख्यमन्त्री आतिशी दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीकी मुख्य महिला अनुहार हुन् । आतिशीको विरुद्धमा काङ्ग्रेसले अलका लाम्बालाई […]

काठमाडौं । फेब्रुअरी ५ मा दिल्लीका सबै ७० सिटमा मतदान हुँदैछ ।
दिल्ली विधानसभा चुनावमा ६९९ उम्मेदवारको भाग्य दाउमा छ । ९६ जना महिला उम्मेदवारको भाग्य आजमाइरहेको छ । उनीहरुमध्ये केही चर्चित महिला अनुहार, जानौँ –
आतिशी
मुख्यमन्त्री आतिशी दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीकी मुख्य महिला अनुहार हुन् ।
आतिशीको विरुद्धमा काङ्ग्रेसले अलका लाम्बालाई उम्मेदवार बनाएको छ । भाजपाबाट सौरभ भारद्वाजको विरुद्धमा शिखा राई चुनावी मैदानमा छिन् ।
सेप्टेम्बर २०२४ मा दिल्ली विधानसभा चुनावको ठीकअघि आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले सीएमको पदबाट राजीनामा दिए । यसपछि आतिषी दिल्लीको मुख्यमन्त्री भइन् ।
तर, मुख्यमन्त्री बन्नुअघि नै आतिशी दिल्लीमा आम आदमी पार्टीको मुख्य अनुहार बनेकी छिन् । उनी सुरुदेखि नै आम आदमी पार्टीसँग आबद्ध छिन् ।
आम आदमी पार्टीले आफ्नो चुनावी अभियानमा जुन शिक्षा मोडेललाई ठूलो मुद्दा बनाएको छ, त्यसको श्रेय मनिष सिसोदिया र आतिशीलाई दिइएको छ ।
आतिशीले सन् २०१३ र २०१५ को विधानसभा चुनावमा टिकट पाएकी थिइनन् ।
आतिशी सन् २०१९ को लोकसभा चुनावबाट चुनावी राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी पूर्वी दिल्लीबाट उम्मेदवार थिइन् । भाजपा नेता गौतम गम्भीरले आतिशीलाई ४.७७ लाख मतको अन्तरले हराए । आतिशी यस चुनावमा तेस्रो भएकी थिइन् ।
सन् २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले कालकाजी सिटबाट अतिशीलाई आफ्नो उम्मेदवार बनायो र उनले भाजपाका उम्मेदवार धर्मवीर सिंहलाई करिब ११ हजार मतको अन्तरले पराजित गरिन् ।
सतेन्द्र जैन र मनिष सिसोदिया कथित रक्सी घोटालामा जेल परेपछि आतिशीले मार्च २०२३ मा दिल्ली सरकारमा क्याबिनेट मन्त्रीको हैसियत पाए र करिब एक वर्ष पाँच महिना पछि सेप्टेम्बर २०२४ मा उनी दिल्लीको मुख्यमन्त्री भइन् ।
आतिशी फेरि दिल्लीको कालकाजी सिटबाट चुनाव लड्दै छिन् । उनलाई चुनौती दिन काङ्ग्रेसले अलका लाम्बालाई उम्मेदवार बनाएको छ । भाजपाले कालकाजी सिटबाट पूर्व सांसद रमेश बिधुरीलाई टिकट दिएको छ ।
अलका लाम्बा
अलका लाम्बा अखिल भारतीय महिला काङ्ग्रेसकी अध्यक्ष हुन् । उनलाई काङ्ग्रेसले कालकाजी सिटबाट सीएम आतिशीको विरुद्धमा उम्मेदवार बनाएको छ ।
अलका लाम्बाको राजनीतिक जीवन करिब ३० वर्ष लामो छ । उनी सन् १९९५ मा दिल्ली विश्वविद्यालयको अध्यक्ष निर्वाचित भएकी थिइन् । यसपछि सन् १९९७ मा अलका लाम्बा एनएसयूआईको राष्ट्रिय अध्यक्ष भइन् ।
सन् २००३ मा अल्का लाम्बाले दिल्लीको मोती नगर विधानसभा सिटबाट चुनाव लडेकी थिइन् तर, उनले हार व्यहोरेकी थिइन् ।
सन् २०१४ मा उनी काङ्ग्रेस छोडेर आम आदमी पार्टीमा प्रवेश गरे । एक वर्षपछि २०१५ को विधानसभा चुनावमा अलका लाम्बाले चाँदनी चोकबाट भाजपा उम्मेदवार सुमन कुमार गुप्तालाई करिब १८ हजार मतले पराजित गरिन् ।
तर, २०१९ को लोकसभा चुनावअघि उनी आम आदमी पार्टी छोडेर काङ्ग्रेसमा फर्किइन् । उनले २०२० मा काङ्ग्रेसका उम्मेदवारका रूपमा चाँदनीचोकबाट चुनाव लडिन्, तर जम्मा ५ प्रतिशत मत पाइन् ।
शिखा राय
भाजपाले सन् २०२५ को दिल्ली विधानसभा चुनावमा नौ महिला उम्मेदवारलाई टिकट दिएको छ । जसमध्ये भाजपाकी प्रमुख महिला अनुहार शिखा राय हुन् ।
शिखा पेशाले वकिल हुन् । उनलाई ग्रेटर कैलाश विधानसभा सीटबाट दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजको विरुद्धमा उम्मेदवार बनाइएको छ ।
उनी ग्रेटर कैलाश विधानसभा सीटको वार्ड नम्बर १७३ बाट दोस्रो पटक काउन्सिलर बनेकी छन् ।
सन् २०२० को विधानसभा चुनावमा पनि भाजपाले ग्रेटर कैलाश सीटबाट सौरभ भारद्वाजको विरुद्धमा शिखालाई टिकट दिएको थियो । तर, उनले करिब १७ हजार मतान्तरले पराजय भोग्नुपरेको थियो ।
सन् २०२३ मा बीजेपीले शिखालाई एमसीडी मेयरको उम्मेदवार बनाएको थियो । तर, उनले पराजयको सामना गर्नुपर्यो ।
शिखाले भाजपाको दिल्ली इकाईमा महासचिवको जिम्मेवारी सम्हालिसकेकी छिन् । सन् २०१३ मा उनलाई कस्तुरबा नगर विधानसभा सीटबाट पनि टिकट दिइएको थियो ।
राखी बिरलान
राखी बिरलान सन् २०११ मा भ्रष्टाचार विरोधी आन्दोलनबाट अरविन्द केजरीवालसँग जोडिएकी थिइन् । सन् २०१३ मा राखीले मङ्गोलपुरी विधानसभा सीटबाट काङ्ग्रेस नेता राजकुमार चौहानलाई हराएकी थिइन् ।
उनलाई आम आदमी पार्टीको पहिलो सरकारमा क्याबिनेट मन्त्रीको दर्जा दिइएको थियो ।
यद्यपि, सन् २०१४ को लोकसभा चुनावमा उनलाई उत्तर-पश्चिम दिल्ली सीटबाट टिकट दिइयो । उनी चुनावमा भाजपाका उदित राजसँग पराजित भएका थिइन् ।
राखीले सन् २०१५ मा मङ्गोलपुरीबाट विधानसभा चुनाव जित्न सफल भएकी थिइन् । सन् २०१६ मा उनी दिल्ली विधानसभामा उपसभामुख निर्वाचित भइन् ।
सन् २०२० मा राखी तेस्रो पटक मङ्गोलपुरी विधानसभा सीटबाट विधायक निर्वाचित भइन् । उनले भाजपाका उम्मेदवार करम सिंहलाई करिब ३० हजार मतको अन्तरले हराइन् । तर, यस चुनावमा राखीले सिट परिवर्तन गरेकी छिन् र मंगोलपुरीको सट्टा मादीपुर विधानसभा सिटबाट चुनाव लडेकी छिन् ।
अरिबा खान
काङ्ग्रेसले ओखला विधानसभा क्षेत्रबाट ३१ वर्षीया अरिबा खानलाई उम्मेदवार बनाएको छ ।
अरिबा काङ्ग्रेस नेता आसिफ मोहम्मद खानकी छोरी हुन् । आसिफ ओखला विधानसभा सिटबाट दुई पटक विधायक बनेका थिए ।
अरिबा २०२२ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएकी थिइन् । अहिले उनले आम आदमी पार्टीका नेता र वर्तमान विधायक अमानतुल्लाह खानलाई चुनौती दिएकी छिन् ।
-बीबीसी हिन्दीबाट
What's Your Reaction?






