महिला टी-२०आई शृंखला : नेपाल लगातार चौथो खेलमा पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहोरेको हो । जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै […]

Feb 4, 2025 - 10:29
 0
महिला टी-२०आई शृंखला : नेपाल लगातार चौथो खेलमा पराजित

काठमाडौं ।

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ ।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहोरेको हो ।

जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै खेलमा ब्याटिङ नचल्दा नेपालले लगातार हार बेहोर्नु परेको हो ।

मंगलबारपनि नेपालको ब्याटिङ नचल्दा थाइल्यान्डसँग पराजित हुन पुग्यो । जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।

टपअडर ब्याटिङ चल्न नसक्दा नेपालले लय भेटाउन सकेको छैन् । थाइल्यान्डका लागि थिपाच्चा पुथावाङले सर्वाधिक ४ विकेट लिइन् । फन्निता मायाले २ विकेट झारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो ।

एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् । ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् । नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए । नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register