जनकपुर साहित्य महोत्सव बिहीबारदेखि, सम्पुर्ण तयारी पुरा

जनकपुरधाम । जनकपुरधाममा हुन लागेको जनकपुर साहित्य महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिममा जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण बिहीबारदेखि शनिवार सम्म तिन दिन जनकपुरमा आयोजन हुँदैछ । महोत्सवमा  देशका विभिन्न  क्षेत्रबाट जनकपुरधाम आएका विज्ञहरुहरुबीच साहित्यका साथै जनकपुरधाम, मधेश र देशको विविध पक्षमा बहस हुनेछ । नव […]

Feb 4, 2025 - 13:48
 0
जनकपुर साहित्य महोत्सव बिहीबारदेखि, सम्पुर्ण तयारी पुरा

जनकपुरधाम । जनकपुरधाममा हुन लागेको जनकपुर साहित्य महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।

‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिममा जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण बिहीबारदेखि शनिवार सम्म तिन दिन जनकपुरमा आयोजन हुँदैछ ।

महोत्सवमा  देशका विभिन्न  क्षेत्रबाट जनकपुरधाम आएका विज्ञहरुहरुबीच साहित्यका साथै जनकपुरधाम, मधेश र देशको विविध पक्षमा बहस हुनेछ ।

नव मिथिला फाउन्डेसनको आयोजनामा हुने जनकपुर साहित्य महोत्सवमा साहित्यिक, सांस्कृतिक र समाजिक चेतनाका लागि १४ वटा प्यानल छलफल र ३ वटा एकल प्रवचन समेटिएको फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।

फाउन्डेसनले महोत्सवको तयारीबारे मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष साहले लेखक सीके लालले महोत्सवको उद्घाटनमा विद्वत् प्रवचन दिने जनाए । यस्तै, नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले ’उज्यालोको यात्रा’, भारतीय  लेखक सुवोधचन्द्र भारतीयले ’सीता र रोटीबेटीको सम्बन्ध’ तथा खगेन्द्र संग्रौलाले ’आन्दोलन र साहित्य’ मा एकल प्रवचन दिनेछन् ।

’नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ सत्रमा पत्रकार सुधीर शर्मा, लेखक तुलानारायण साह र इन्द्र अधिकारीसँग पत्रकार अनिल गिरीले छलफल चलाउनेछन् । त्यस्तै ’नेपाली उद्यमीको यात्रा’मा उद्योगपति सौरभ ज्योति, माई सेकेन्ड टिचरका सुलभ बुढाथोकी र असीममान सिंहले आफ्नो धारणा राख्नेछन् । ’आनन्दको खोजी’ सत्रमा पत्रकार घनश्याम खड्कासित समा थापाले सहजीकरण गर्नेछिन् । साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा र संस्कारलगायतका विषयमा महोत्सवमा छलफल हुने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

महोत्सवमा जनकपुरका चुनौती र अवसरहरू, डिजिटल युगमा पठन संस्कृति, क्रिकेट: समस्या, समाधान र सम्भावना, मधेस महिमा: उद्यमको व्यावसायीकरण, पढाइ, सिकाइ र वैज्ञानिक सोच, नीतिमा युवाको चासो र संघीय दृष्टिमा मधेशलगायतका सत्रमा बहस हुने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटनमा जनकपुरका १० विद्यालयका ६० जना विद्यार्थीले एकैसाथ जनकपुर सहरको एन्थम ‘इएह छी हमर जनकपुर’ गीतमा कोरस प्रस्तुत गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register