लागुऔषध गाँजा बोकेको कार नियन्त्रणमा

सुनसरी, २३ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१७ स्थितबाट लागुऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २३ गते बिहान ५ बजे लागुऔषध ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकी राखेको बा. ९च १७६८ नम्वरको कारलाई संका [...] The post लागुऔषध गाँजा बोकेको कार नियन्त्रणमा appeared first on Jhapa Online.

Feb 5, 2025 - 06:16
 0
लागुऔषध गाँजा बोकेको कार नियन्त्रणमा

सुनसरी, २३ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१७ स्थितबाट लागुऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ २३ गते बिहान ५ बजे लागुऔषध ओसार–पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकी राखेको बा. ९च १७६८ नम्वरको कारलाई संका लागी चेकजाँच गर्दा कार भित्र १०१ किलो ग्राम गाँजा बरामद गरेको हो ।

लागूऔषध गाँजा बरामद भएसँगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान गरिरहेको छ ।

The post लागुऔषध गाँजा बोकेको कार नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register