अमेरिकाले किएभसँग वार्ताको घोषणा गरेपछि ईयू नेता सुरक्षा बढाउन सहमत

काठमाडौं । वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (ईयू) का नेताहरू ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको ह्वाइट हाउसमा भएको मतभेदपछि युक्रेनको पक्षमा एकजुट हुँदै युरोपेली देशहरूले रूसबाट आशङ्कित खतराविरुद्ध ‘युरोपलाई पुनः हतियार बन्द […]

Mar 7, 2025 - 10:27
 0
अमेरिकाले किएभसँग वार्ताको घोषणा गरेपछि ईयू नेता सुरक्षा बढाउन सहमत

काठमाडौं । वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (ईयू) का नेताहरू ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको ह्वाइट हाउसमा भएको मतभेदपछि युक्रेनको पक्षमा एकजुट हुँदै युरोपेली देशहरूले रूसबाट आशङ्कित खतराविरुद्ध ‘युरोपलाई पुनः हतियार बन्द गर्ने’ योजनालाई स्वीकृति दिए ।

“हामी निर्णायक रूपमा बलियो र अधिक सार्वभौम रक्षा युरोपतर्फ अघि बढिरहेका छौँ”, ईयूका २७ राष्ट्रको परिषद्का प्रमुख एन्टोनियो कोस्टाले वार्तापछि पत्रकारलाई भने, “हामीले जे भन्छौँ त्यही गरिरहेका छौँ ।”

नेताहरूले युरोपेली आयोगको रक्षा खर्चका लागि लगभग आठ खर्ब युरो (आठ खर्ब ६० अर्ब डलर) जुटाउने लक्ष्यलाई समर्थन गरे र सदस्यहरूलाई एक खर्ब ५० अर्ब युरोसम्मको ईयू–समर्थित ऋण उपलब्ध गराउने प्रस्तावलाई ‘अत्यावश्यक मामिलाका रूपमा’ परीक्षण गर्न प्रतिबद्धता व्यक्त गरे ।

जर्मनीका भावी चान्सलर फ्रेडरिक मेर्जले देशको पुनः शस्त्रीकरण कोषका लागि आमूल सुधारहरू अँगाल्दै गर्दा रक्षा योजनाले राज्यहरूलाई धेरै बढी खर्च गर्न अनुमति दिन वित्तीय नियमहरू सजिलो बनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोनले पनि रक्षा खर्च बढाउन आह्वान गरेका छन् र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्न सुझाव दिए ।

दोस्रो विश्वयुद्धदेखि युरोपको सुरक्षाको जमानीकर्ता (ग्यारेन्टर) रहेको संयुक्त राज्य अमेरिकाले नाटोमा आफ्नो केन्द्रीय भूमिका जारी राख्नुपर्छ कि पर्दैन भनेर ट्रम्पले प्रश्न गर्दा युरोपेली सरकारहरू रक्षा बढाउन दबाबमा छन् ।

ट्रम्पले बिहीबार फेरि एकपटक त्यो प्रतिबद्धतालाई प्रश्नमा राखेर आफ्ना सहयोगीहरूले ‘अधिक भुक्तानी गर्नुपर्ने’ भनेर गुनासो गरेका थिए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register